ओलीले मदन भण्डारीको नाम बेचेर स्वार्थ लिएको नेपालको आ´रोप

माघ २५, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले अहिलेको ल´डाई न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका छन् । आइतबार असंवैधानिक संसद बि´घटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका बिषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले अहिलेको ल´डाई कुर्सिको लागि नभएर न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका हुन् ।

उनले अहिले केपी ओली माक्र्सवाद छा´डेर अवरसवादतिर लागेको आ´रोप पनि लगाए । उनले मदन भन्डारीको नाम बेचेर ओलीले स्वार्थ लिईरहको तर्क गरे । ओलीले आफु र प्रचण्डलाई सत्तामा जाने भर्याङमात्र बनाएको उनको भनाई छ । उनले पार्टीभित्र अ´ल्पमतमा परेपछि आफ्नो पद जोगाउनका लागि संसद बि´घटन गरेको बताए ।

ओलीको कदमलाई जनताले पनि विस्वास र साथ पनि नदिएको भन्दै त्यसको ज्वलन्त उदाहरण दरवारमार्ग आमसभा रहेकोे बताए । कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लोकतन्त्र स्थापित गर्नको लागि सबैभन्दा धेरै योगदान आफुहरुको नै रहेको बताएका थिए ।


Your Views
Related News