मुख्यमन्त्री पद जोगाउन राई सांसद फकाउँदै, आर्थिक चलखेल गरेको आचार्यको आ´रोप

काठमाडौं, २६ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको सक्रियता ह्वात्तै बढेको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएका राईले राम्रोसँग हनिमून पनि मनाउन पाएका छैनन् । राईविरुद्ध नेकपा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव संसद बैठकमा टेबल गर्ने तयारी गरेको छ । तर, हिजो बस्ने भनिएको संसद बैठक राई पक्षकै सांसदहरुको अवरोधका कारण बस्न सकेन ।

संसद बैठक बस्ने भनेर कार्यव्यवस्था तथा परामर्श समितिमा घण्टौं छलफल चलेको र संसद् बैठक चलाउने र मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल गर्ने सहमति थियो । तर, अन्तिममा ओली पक्षका नेताहरु र सभामुख प्रदीपकुमार भण्डारीबीचको सहमतिअनुसार संसद् बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित् भएको थियो । हिजोको बैठक स्थगित् भएपनि दाहाल–नेपाल पक्षका सांसदहरु सभामुखसँग रुष्ट बनेका छन् । प्रदेश नम्बर १ को संसद बैठक आगामी फागुन ९ गतेसम्म स्थगित् गरिएको छ । यो कदमलाई कतिपयले राई पक्षले सत्ताको आयु लम्ब्याउन सत्ताको दुरुपयोग गरेको भनेर आ´रोपसमेत लगाएका छन् ।

संसद बैठकलाई जति पर धकेलियो त्यति नै आफू बलियो हुने राईको आँकलन रहेको र उनीहरु त्यहीअनुसार सक्रिय भएको कतिपय नेताहरुको आरोप छ । यसअघि पनि राईले आफूवि´रुद्ध अविश्वास प्रस्ताव आउने थाहा पाएर बैठक छल्ने उपायमा लागिपरेका छन् । संसद बैठक पर धकेलिएको समयमा नै राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार जना सांसदलाई आफ्नो समूहमा तानिसकेका छन् । दाहाल–नेपालले मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई अघि सारेको छ । दाहाल–नेपाल समूहलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि साथ दिने भएको छ ।

आचार्यले मुख्यमन्त्री राईले आफ्नो पद जोगाउनको लागि सांसद किनबेच पनि गर्नसक्ने गम्भी´र आ´रोप लगाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा आचार्यले आफ्नो पक्षमा बहुमत पुर्याउनको लागि अहिले राईले आर्थिक चलखेल गरेको ग´म्भीर आ´रोप लगाएका हुन् ।


Your Views
Related News