पार्टीमा एक्लिँदै देउवा

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र एक्लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि´घटन गरेपछि उक्त कदमको कांग्रेसले वि´रोध त गर्यो तर सडकमा सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन सकेन । खासगरी सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सहमति भएर नै प्रतिनिधिसभा वि´घटन भएको राजनीतिक वृत्तमा चर्चा छ ।

सं´कटकाल लगाएर भएपनि प्रधानमन्त्री ओली चुनावमा जान्छन् : डा. सुन्दरमणि दिक्षित (भिडिओ)

संवैधानिक निकायमा नियुक्तीहरु देखि लिएर विभिन्न विषयमा ओलीसँग सम्झौता र भागबण्डा गरेको देउवामाथि पार्टीभित्रैबाट आ´रोप छ । संसद विघटनमा नेकपाको दाहाल–नेपाल समूह सडक आन्दोलनमा छ । तर, सभापति देउवाले भने संसद वि´घटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतलाई पर्खनुको विकल्प नभएको भन्दै आन्दो´लन च´र्काउन नहुने अ´डान लिएका छन् ।

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह भने आन्दोलनमा जानुको विकल्प नभएको भन्दै आफ्नो उपस्थिति देखाईरहेको छ । नेताहरु पौडेल, सिटौलामात्रै नभएर युवा नेताहरू गगन कुमार थापा, प्रदीप पौडेल पनि ओलीको कदमविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरुले ओलीको कदम प्रतिगामी भन्दै देशव्यापी रुपमा कार्यकर्ता उतारिरहेका छन् । हिजोमात्रै वीरगन्जमा उपसभापति विमलेन्द्र निधि पनि ओलीको कदमविरुद्ध सडक संघर्ष अघि बढाउनुपर्ने भन्दै सशक्त रुपमा अघि बढ्ने लाईनमा उभिएका छन् । पार्टीभित्र देउवा अहिले एक्लिएको उनीनिकट नेताहरुको दा´बी छ ।

संयुक्त आन्दोलनबारे कुराकानी भैरहेको छ, फागुन पहिलो साताबाट सुरु हुने अन्दाज गर्छु : कर्ण (भिडिओसहित)

नागरिक समाजको स्तरबाट पनि देउवाको कदम प्र´भावकारी नभएको निश्कर्ष निकालिएको छ । अहिले ओलीको कदमविरुद्ध नागरिक आन्दोलन नै सुरु भएको छ । उनीहरुले दैनिक विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । नागरिक आन्दोलनको कार्यक्रममा पत्रकार नारायण वाग्लेले त अब तेस्रो जनआन्दोलन सुरु हुने उद्घोष नै गरिसकेका छन् ।


Your Views
Related News