आँधीहुरी आउने बताउँदै अदालत र निर्वाचन आयोगलाई प्रचण्डले भनेः कसैले सजिलो नठाने हुन्छ

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई छिटो फैसला र नि´र्णय गर्न भनेका छन् । उनले अदालतले संसद वि´घटनको पक्षमा फैसला गरेमा ठुलो आँधीहुरी आउने भन्दै सजलो नठान्न चेतावनी दिए ।

‘ढिलो नगरी फैसला गर्नुहोस्, जनताको विपक्षमा फैसला गरेमा दुर्भाग्य हुनेछ त्यो जनतालाई स´ह्य हुनेछैन,’ आज नेकपाको आफ्नो समूहको वि´रोधसभामा बोल्दै प्रचण्डले अदालतलाई कडा शब्दमा भने,‘जनताको विरुद्धमा फैसला भएमा आँधी आउँछ हुरी आउँछ कसैले थाम्न सक्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा संसद वि´घटन गराएको आरोप लगाउँदै नडराई फैसला गर्न आग्रह गरे । उनलेभने,‘ड´राएर फैसला नहोस् ।’ फैसला गर्ने प्रत्येकलाई विचार गर्न भने । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुतर्फ संकेत गर्दै विचार गर्न भने ।

निर्वाचन आयोगलाई छिटो निर्णय दिन आग्रह गरे । आयोगको भुमिकाप्रति आशंका गर्दै भने,‘कसैले सजिलो नठाने हुन्छ ।’ आयोगलाई खु´ट्टा नकमाउन आग्रह गरे । उनले ओलीले हिजो आयोगमा गएर बोलेको विषयलाई का´इते भन्दै त्यसको पछाडि नलाग्न भने ।

प्रचण्डले देशमा शान्तिपूर्ण क्रान्ति हुने बताए । उनले भने,‘अब देशमा शान्तिपूर्ण हरित क्रान्ति हुन्छ ।’

अदालतको फैसला र अयोगको निर्णय आफूहरुको विपरित आएमा क´´डा आन्दो´लन गर्ने चे´तावनी दिए । उनले भने,‘१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घे´र्न नपरोस् ।’


Your Views
Related News