माधव नेपालले ओलीलाई ‘पापी’ भने

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पा´पी’ भनेका छन् । आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड-नेपाल समूहको वि´रोध सभामा बोल्दै ओलीले गरेको पा´प कसैले पखाल्न नसक्ने बताए ।

‘ओलीले पाप गरेका छन्,’ नेपालले भने,‘ओलीको पाप कसैले धोइपखाली गर्न सक्दैनन् ।’ ओली जतिसुकै पशुपतिनाथ गएपनि पाप नपखालिने टिप्पणी गरे । पाप गर्नेलाई पशुपतिनाथले पनि माया नगर्ने बताए । उनले भने,‘लोकतन्त्रको हत्यारालाई पशुपतिनाथले माया गर्दैछन् ।’

पशुपतिनाथले नै ओलीलाई धिक्कार्छ भन्ने टिप्पणी गरे । उनले भने,‘पशुपतिनाथले पनि भन्ला केपी ओली धि´क्कार्छ ।’ ओलीले मदन भण्डारीको नाम बिर्सन थालेको बताए । भण्डारीको नाम बिर्सेर पशुपतिनाथलाई सम्झन थालेको बताए ।


Your Views
Related News