जाजरकोट : शनिबार मात्रै फेसबुक वालमा स्ट्याटस लेख्दै सामान्य विरामी भएर जिल्ला अस्पताल जाजरकाेटमा उपचार गराइरहेकाे जानकारी गराएका जाजरकाेटका क्रियाशील पत्रकार डिल्लीबहादुर थापाकाे एकाएक महाप्रस्थानकाे खबरले पत्रकारिता जगत नै स्त ब्ध बनेकाे छ ।नेपाल पत्रकार महासङघ , जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद् थापाको अकास्मात भएकाे मृ त्युले सबैलाई रूवाएकाे छ । जिल्ला अस्पताल जाजरकोटमा शनिबार दिउँसो भर्ना भएका थापाको थप उपचारका लागि नेपालगन्ज लिँदै गर्दा बाटोमै मृ त्यु भएको उनका आफन्तले जनाएका छन् । के कारणले अपत्यारिलाे घटना भयाे ? यसबारे भने कुनै प्रतिक्रिया आएकाे छैन् ।कुशे गाँउपालिका– ५ दम्दाला घर भई पत्रकारीता गर्दै आएका ४० बर्षीय थापाले लामो समय देखि पत्रकारितामा सक्रियता देखाइरहेकाे थिए । नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेशले थापाको नि धनलाई पत्रकारिता क्षेत्रमा अपूरणीय क्षतिकारुपमा लिएकाे छ ।मोफसलको पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पुर्याउँदै आएका पत्रकार थापाको नि धनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको पत्रकार महासंघ, कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले निकालेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।स्वर्गीय पत्रकार थापा कुशे गाउँपालिकाकाे दम्दालास्थित पशुपति माद्यामिक विद्यालयमा अध्यायपन गरिरहेका कुशल शिक्षक पनि हुन् । उनकी श्रीमती, दुइ छोरा र दुइ छोरी छन् ।


Your Views
Related News