गरिबि उन्मूलन गर्छु, जनताको गाँस बास र कपासको ब्यवस्था गर्छु, नागरिकको स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर्छु , बेरोज़गारी हटाउँछु , रेल कुदाउँछु, जहाज चलाउँछु, चन्द्रमामा रकेटै छोड्छु, समग्रमा देशलाई सिंगापुर बनाईदिन्छु भन्दै गरिब जनताको भोट बटुलेर देशको टाउकोमा पुगेका केपी र प्रचण्डले आफ्नै देशमा जाबो एउटा राम्रो अस्पताल सुद्द बनाउन नसकेर उपचारका नाममा देशको करोडौं धनराशी फोकटमा स्वाहा पार्दै महिनै पिच्छे बिदेश छिर्ने अनि गरिब जनताहरु रोग, भोक , अभाव र गरिबीले तड्पिएर म*र्नु पर्ने यो कस्तो बिडम्बना हो मेरो देशको? आज उपचार गर्ने पैसा नभएर जीवन मरणको दोसाँधमा उँभिएका हजारौं बिरामीहरु बाँच्ने झिनो आशा लिएर हामीलाई म्यासेज गर्छन् बचाईदिनुस् भन्दै! कहिलेसम्म हामीले अभियान चलाएर बचाउँदै हिँड्नु ? बिरामी बचाउन अभियान, अस्पताल बनाउन अभियान, भुकम्प पीडितका घर उँभ्याउन अभियान, रंगशाला बनाउन अभियान,प्राकृतिक बिपतिमा अभियान,बिदेशमा फसेका , दलालबाट लुटिएका , सडकमा अलपत्र परेर बेसाहारा भएका यी सबका सब देशभित्रका दुखहरुका अभियान सामाजिक अभियन्ताले चलाईरहने अनि देशका शोषकहरु भने हाम्रै पसिनाको करबाट उठेको तलब भत्ता हसुसेर देश लुट्दै आफ्ना सातपुस्ते वारेसहरुले समेत बसिबसि खान पुग्ने सम्पति जोडेर मोजमस्तीमा रमाउने?

आजभोलि त फेशबुक खोल्यो कि लगातार अभियान मात्रै देख्छु! मैले पनि आजसम्ममा जम्मा ३ वटा अभियान चलाएँ तर यो महसुस भएको छ कि जति अभियान चलायो, त्यति बिरामी बढ्दै गए, समस्या झन् झन् बिकराल हुँदै गए। त्यसमाथी पनि सामाजिक अभियन्ताहरुको नै आपसमा लडाईँ , हानथाप,आरोप प्रत्यारोप ! पैसा उठाएर हिरो पल्टिने भन्ने भेडाहरुको अर्को ठूलो जमात,,! लगातार अभियान चलाएर रकम पारदर्शी नगर्ने र यसैबाट नाफा खोज्ने नक्कली समाजसेवीहरुको कुरुप अनुहार अनि यस्तै परिस्थितिबाट फाईदा उठाएर समाजमा लामो समयदेखि निरन्तर खटेर आफ्नो समय खर्चेर पीडितको सेवामा लागेका सच्चा समाजसेवीलाई बिबादित बनाउने चक्रब्युहले गर्दा समाजसेवा पनि बिबादित र दुर्गन्धित भैसक्यो! अब चन्दा उठाएर समाजसेवा गर्ने काम बन्द गरौं।यी गरिब जनताको सारा औषधी उपचारको जिम्मा सरकारले लिनु पर्छ, स्कुल भवन, रंगशाला, अस्पताल यी सब कुराको जिम्मा सरकारका भुस्तिघ्रे डनहरुले लिनु पर्छ! बिरामी कुन जिल्लाको हो त्यहाँको स्थानिय सरकारले उस्को आर्थिक अवस्था हेरी सम्पुर्ण औषधीमुलोको जिम्मा लिनुपर्छ, बन्दै गरेको धुर्मुसको रंगशालाको लागि २ अरब केपी र प्रचण्डले छुट्याउँनु पर्छ! सामाजिक अभियन्ताहरुले अब आफूले अभियान हैन आवाज उठाऔँ।सरकारलाई दबाब डालौं। यत्रा केन्द्रीय, प्रदेश र स्थानीय गरि तीनटाउके सरकारको गठन गरेको आफू मन्त्री भएर देश चिथोर्न मात्रै हो कि जनताको सेवा गर्न पनि हो ?

यदि सरकारका हनुमानहरुले नागरिकको स्वास्थ्य शिक्षाको ग्यारेन्टी लिँदैनन् र आफूमात्र चिल्ला गाला हल्लाउँदै पटक पटक देश दोहन गरेर आधा संसार घुम्छन् भने यिनीहरुलाई सेनाको सहयोगमा जनताले नज़रबन्द गरी जेल कोच्नु पर्छ, यिनीहरुको सब सम्पति जफत गरि राष्ट्रीय कोषमा जम्मा गर्नु पर्छ, यिनीहरुले चढ्ने भिआइपी गाडी बेचेर देशमा स्कुल बनाउनु पर्छ , कम्पनी हरु निर्माण गर्नु पर्छ। बेरोजगार युवाहरुलाई रक्सी र पाडाको साँप्रो खुवाएर पार्टीको झण्डा बोकाउने हैन रोजगारीका अवसरहरु प्रदान गर्नु पर्छ। देशको स्थिति राम्रो बनाउन बिदेश पढ्न गएका दक्ष नेपाली नागरिक हरुलाई देश फिर्ता बोलाएर उनीहरुको दक्षता, क्षमता र सीपलाई देशको निम्ति लगाउन आव्हान गर्नु पर्छ। प्रहरी प्रशासन र कानुनलाई राजनैतिक हस्तक्षेपबाट बाहिर राख्नुपर्छ। छोरीचेलीको सुरक्षाको लागि गाउँ गाउँ टोल टोल दिन र रात गरि सिफ्ट मिलाएर गस्ती प्रहरीहरु खटाउनु पर्छ! प्रहरीको काम चौकीमा बसेर बर्दी भिरेर दिनभरि कुर्सीमा निदाउने मात्र हैन देशको सेवामा खटिनु पनि हो।यी नालायक कमिना नेताहरुको भन्दा बरु आर्मी पुलिसको तलब बढाउनु पर्छ र रास्ट्रप्रति बफादार , बर्दिप्रति इमानदार बनाउनु पर्छ। यदि मेरो कुरामा सहमत हुनुहुन्छ भने आउनुहोस् हामी जनसरकार गठन गरौं। म भोलि नै नेपाल फर्कने छु। मसँग त्यति धेरै खुबी र दक्षता नभए पनि यदि गृह मन्त्रालयमा एउटा चिया पकाउने पियनको जिम्मेवारी पाए भने पनि दश दिनमा दश भ्रस्टचारीहरुलाई कठालामा समातेर सडकमा बजारिदिन सक्ने क्षमता चाहि राख्छु। के छ बिचार ??
#म_बोल्छु??????


Your Views
Related News