धरान : सुनसरीमा कोरो’ना संक्र’मितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पू’र्ण लक’डाउन घो’षणा गरेको छ।

यस अगाडि लक’डाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ। सुनसरीमा लक’डाउन कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको उनले बताए। ल’कडाउन नि’यन्त्रणमा जनपथ र सश’स्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाक’र्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा

सेना परिचालन गर्नुपरेको प्रजिअ ढकालको भनाई छ। लक’डाउन नियन्त्र’ण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले ल’कडाउन निय’न्त्रणको काम गर्ने पनि प्रजिअ ढकालले बताए।

सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ। यस अगाडि बैशाख ३१ गतेसम्म गरिएको लक’डाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले

लकक’डाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताए। जेठ १५ सम्म गरिएको पूर्ण लक’डाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ।

पूर्ण लकडा’उनको समयमा जो कसैबाट उलघंन गरिए सं’क्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रह’रीलाई निर्देशनसमेत दिएको प्रजिअ ढकालले बताए।

उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले स्थानीय प्रशासनको आग्र’हलाई मध्यनजर गर्दै पूर्ण ल’कडाउनको समयमा सुनसरीका सबै बजार, पसल, उद्योग, कलकार’खाना सबै ब’न्द गरिएको बताए।


Your Views
Related News