नेपाल देखि प्रदेशिएका नेपाली श्रमिक हरु जुन खाडी मुलुक कै सबै भन्दा थोरै , २० हजार को हाराहारीमा नेपाली कामदार रहेको ओमान ले विभिन्न संघ संस्था एनआरएनए ओमान र नेपाली राजदुताबास र विभिन्न श्रमिक हरु मिलेर ५६० अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्स चार्टर गरेर ओमन बाट हिजो २:३० बजे नेपाल पठाईएको छ, जुन यस अभियान मा मैले पनि सानो सहयोग गर्ने अवसर पाएँ

यस महान कार्य मा अग्रस्थान रहेर काम गर्नु हुने नेपाल का लागि नेपाली राजदुतावस Sarmila Parajuli Dhakal म्याम त्यसैगरी एनआरएनए ओमान का अध्यक्ष Bikal Jha सर, त्यसै गरी पूर्व अध्यक्ष Db Chhetri दाई , त्यसै गरी एनआरएनए पूर्व अध्यक्ष Sewanta Purja Pun दाई त्यसै गरी एनआरएनए सचिप बराल नरेन ज्यू लाई हिर्दय देखि नै धन्यबाद प्रकट गर्न चाहन्छु,

नेपाल मा अक्सिजन को हाहाकार मचिन्दा आफ्न आफन्त हरु लाई बचाउन को निम्ति भौंतारिएर हिँडेको अवस्था मा आफ्नो देश का नेपाली लाई केही हद सम्मा बचाउन को निम्ति ओमान मा रहेका नेपाली गरेको कार्य लाई हार्दीक धन्यवाद प्रकट गर्न चाहन्छु,

अब यसै गरी अन्य देश मा रहेका संघ संस्था बुद्धि जीबी नेपाली श्रमिक हरु ले पनि ओमान ले गरे जस्तै केही पैसा संकलन गरेर नेपाल मा अक्सिजन सिलिन्डर पठाउने कार्य मा अगाडि बढ्नु होला कति पए हामी विदेश मै रहेका नेपाली का आफ्ना आफन्त हरु पनि हस्पिटल मा अक्सिजन न पाएर छट्पटाई मृत्यु वरण गर्नु परेको अवस्था छ भोलि हाम्रो घर परिवार को सदस्य त्यो अवस्था मा न आउला भन्ने सकिन्न,

हामी सबै ले यस परिस्थिति लाई सबै ले सामना गरी आ आफ्नो ठाउँ बाट सकेको सहयोग गरेर यस महामारी लाई जितौं 🙏🇳🇵


Your Views
Related News