काठमाडौँ – उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत प्रधानमन्त्रीको शरणमा आएको बताएका छन् ।इतिहासका विभिन्न कालखण्डमा आफूले पनि लोकतन्त्र र समानताका लागि आन्दोलन गरेको र त्यसक्रममा पटकपटक जेल परेको स्मरण गर्दै उनले भने, ‘त्यसबेला केही नेताहरु सुरु सुरुमा पक्राउ परेर जेलमा आउँदा क्रान्तिकारी पारा देखाउँथे । अनि २–४ दिनमै गल्थे र राजविरुद्ध जान्न भन्ने कागज गरेर जेलबाट छुट्थे । नयाँ पत्रिकाको फेसबुक लाईभमा आइतबार कुराकानी गर्दै उनले भने, सीके राउतजी पनि २–४ महिना जेल परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा गएका हुन् ।राउतको पक्षमा मधेसमा जनलहर रहेको र त्यसले समाजवादी, राजपा जस्ता दललाई असर पारेको सन्दर्भमा उनको भनाई थियो, ‘लहर भएको भए कागज गरेर आत्मसमर्पण गर्नुपथ्र्यो रु’राउतले ‘स्वतन्त्र मधेस गठबन्धन’का नाममा मधेस टुक्र्याउने अभियान चलाएको उल्लेख गर्दै यादवले थपे, ‘हाम्रो लागि त मुलुकको अखण्डता र सार्वभौमसत्ता महत्वपूर्ण कुरा हो । त्यसपछि विभेदको अन्त्य, समानता, समावेशिता, अधिकारको पहुँच, सामाजिक न्याय पर्छ, जसका लागि हामी निरन्तर संघर्षरत छौ ।


Your Views
Related News