२१ जेठ,काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत बुधबार पहिलो चरणको सहयोग जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।

नेपाली सेनाको श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाले अस्पतालका निर्देशक डा. राजिव शाहलाई ७० लिटरका दश थान अक्सिजन सिलिण्डर सहयोग हस्तान्तरण गरेका हुन् ।
को’रोना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भएपछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन् । यी बिपतमा जुम्ला पुगेको यो सहयोग कर्णालीमा एनआरएनएको पहिलो राहत सहयोग हो ।

यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेशन युगान्डाले गरेको छ । साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल, एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पूर्वअध्यक्ष रमेश कंडेलको थप सहयोग गरेका हुन् । सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय ब्यवस्थापन सहयोण्ग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो ।

प्रथम चरणको उक्त अक्सिजन सहितको ७० लिटरका दश थान सहयोग हस्तान्तरण गर्दै बाहिनी पति सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए । उनले कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली, एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई आभार ब्यक्त गरेका थिए ।

अस्पतालका निर्देशक डा . शाहले यी सिलिन्डरले कर्णालीका बिि’रामीलाई निकै राहत पुग्ने बताए । अब अस्पतालमा २१० सिलिन्डर हुने समेत बताए । उनले एउटा अक्सिजन सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए ।

निर्देशक डा . शाहले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आबश्यक रहेको समेत बताएका थिए ।


Your Views
Related News