काठमाडौं : धादिङको निलकण्ठ नगरपालिकाको ज्यामरुङमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि

धमलाको पहलमा निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । जिल्ला अस्पतालको लागि ५ वटा अ’क्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार थान स’र्जिकल माक्स, १ सय ५० पिस ग्ल्ब्स, फेसियल २० वटा र केएन नाइन्टीन फाइभ माक्स १० वटा, रियूजे’वल ग्राउन १० र एन्टीजे’न किट २ सय सहयोग गरिएको हो ।

कोरो’ना संक्र’मित बढ्दै गएपछि उप’चारमा सहज होस भनी सहयोग गरिएको धमलाले जानकारी दिए । कुनै पनि नागरिकलाई को’रोना सं’क्रमणका कारण मर्न नपरोस भनेर

आफूले सहयोगको अभियान संचालन गरेको उनले बताए । धमलाले जिल्लाको सहयोगको लागि आफू सदैव तयार रहेको प्रति’बद्धता जनाए । उनले भने-“देशको एक पत्रकारको नाताले मैले सबै जिल्लाको बारेमा उत्तिकै आफ्नो दायित्व नि¥र्वाह गर्नुपर्छ ।

तर, म जन्मिएको जिल्ला भएको कारणले पनि धादिङको लागि मेरो विशेष दायित्व र जिम्मे’वारी हुन्छ । म जिल्लावासीको सहयोगको लागि जस्तोसुकै सहयोग गर्नपनि पछि हट्दिन् । अहिले विश्व नै को’भिडको महामा’रीसँग जुधिर’हेको छ । यसबाट नेपालपनि अछुतो भएन ।

हामी मानवले पक्कैपनि यो महामारीलाई परास्त गर्नेछौं । सबैले जनस्वास्थ्य मापद’ण्ड पालना गरौं । सबैले सहकार्य गरौं । सामूहिक रुपमा लड्दा नै हामीले महामा’रीलाई जित्नेछौं ।”
धमलाले धादिङका जनतालाई रो’ग र भो’कबाट बचाउनको

लागि आफूले सक्दो सहयोग गर्ने पनि प्रति’बद्धता जनाए । गृहजिल्लामा संक्र’मित थपिँदा उपचारमा सहज र को’रोना नियन्त्र’ण गर्नका लागि सहयोग पुग्ने निल’कण्ठ नगरपालिका ११ का काठमाडौं सम्पर्क समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । -रिपोर्टस नेपाल


Your Views
Related News