कंचनपुरकी निर्मला पन्तको बला*त्कार पछि ह*त्या भएको एक बर्ष पुगी सकेको छ । यस विचमा अनेकौँ रक्साकस्सी र विभिन्न मान्छेको विभिन्न स्वार्थका कारण दोषी पत्ता लाग्न सकेको छैन । विषय बरु अझै बल्झीँदै गएको छ । निर्मलाको आत्मामाथी खेलवाड भइरहेको छ विभिन्न व्यक्तिका विभिन्न स्वार्थले गर्दा यो प्रकरणमा केवल मजाक उडाउँने काम मात्रै भइरहेको छ ।

निर्मला प्रकरण भएको ठिक एक बर्ष पछि सुरु देखिनै यस बिषयलाई फलोअप गर्दै आएका न्युज २४ टेलिभिजनबाट प्रसारित कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले निर्मला पन्त प्रकरणको अनुसन्धानको जिम्मा पाएर कन्चनपुर पुगेका तत्कालिन डिएसपी (हाल निलम्बीत )अंगुर जिसीलाई अन्तवार्तामा ल्याए ।

रविले जिसीको अन्तावर्ता लिए लगत्तै कतिपयलाई अव दोषी पत्ता लाग्छ भन्ने आशा भयो भने कतिपयलाई दिलिप विष्टलाई दोषी बनाएर यो केस ढिसमिस बनाउँन खोजको आरोप पनि लाग्यो । अन्तावर्ताका क्रममा तत्कालिन डिएसपी जिसीले दिलिप विष्टनै दोषी हो भन्ने किटान गर्दै अन्तवार्तामै धरधरी रोएका थिए ।

त्यसको केहि दिन अघि मात्रै देशका गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको जस्तो घ*टना पहिले पनि भएको र फेरी पनि हुन सक्ने भन्दै समान्यीकरण गर्दै गैर जिम्मेवार अभिव्यक्ति दिएका थिए । पछि रविलामिछानेको कार्यक्रम पश्चात गृहमन्त्री बादल पनि सबैले दिलिप विष्टमाथिनै शंका गरिरहेको र अनुसन्धनाले पनि त्यहि भन्ने भन्दै दिलिप तिरनै औला तेर्साउँन थालेका थिए ।

दिलिप लक्षीत नै कार्यक्रम सिधा कुराले प्रसारण गरेपछि त्यस दिन दिलीपलाई घटनास्थलमा देखेको भन्ने एक महिला आफ्नो हुलीया सार्वजनिक नगरिकन सिधाकुरा जनता सँगको टिमको सम्पर्कमा आइन त्यस पश्चात यो प्रकरण थप पेचिलो बन्दै गएको थियो । यसविचमा नाताले दिलीपका भिनाजु पर्ने कंचनपुरका पत्रकार खेम भण्डारी जो पहिले देखिनै दिलीपको पक्षमा लागीरहको थिए ।

उनले यसको डटेर प्रतिवाद गरेर यो विषय फेरी मोडियो । पहिला देखी नै भीआइपीलाई बचाउँन दिलिपलाई दोषी करार गर्न खोजीएको बताउँदै आएका छन् । फेसबुकमा स्टाटस लेखरै यो बिषयलाई गिजोल्न खोजको आरोप लागेका भण्डारीले यस पटक अझै सशक्त प्रतिकार गरे स्टाटस लेखेरनै ।

भण्डारीको निशानामा यस पटक रवि पनि परे । भण्डारीले रवि लामिछोलाई पाठ सिकाउँदै सिधै साथी बचाउँन खोजेका समेत आरोप लगाए । सिधा कुरा टिमले पत्रकार भण्डारीसँग लाइभ कुराकानी गर्ने अनेक कोसीस गर्यो तर उनी तयार भएनन् । आफुलाई पनि अंगुर जिसीलाई जस्तै समय चाँहीने स्टुडियो मानै बोल्नु पर्ने अडान लिएर उनले सिधाकुरा टिमसँग अनेक सर्त राखेर काठमाडौँ आउँने बताए । अन्तत न्युज २४ टेलिभिजन टिमले भण्डारीका सबै सर्त मानेर टेलिभिजनकै खर्चमा लजिङ फुडिङ सम्मको व्यवस्था गरेर भण्डारीलाई काठमाडौँ झिकाएको छ । भण्डारी अहिले काठमाडौँ आइपुगेका छन् । उनीसँग सिधाकुरा जनतासँगको आजको कार्यक्रममा स्टुडियो बाटनै लाइभ कुराकानी हुँदैछ ।

स्टाटसकै कारण चर्तित भएका भण्डारी आफुले बोले पछि बोल्यो बोल्ने भन्ने स्वभावका छन् । अनेक तर्कले आफ्ना कुरालाई पुष्टी गर्न खोज्ने उनको जवर्जस्त स्वभावले यस पटक भने फेल खाएको छ । रवीसँग फेस टु फेस काठमाडौँ आउँनु अघिनै उनले केही बिषयमा माफी मागेका छन् । नाताले दिलिपका भिनाजु पर्र्ने पत्रकार भण्डारीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै २वटा कुरामा आफ्नो गल्ती भएको भन्दै माफी मागेका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘निर्मला प्रकरणमा मबाट दुइटा मात्रै गल्ती भएका छन । पहिलो, अम्बाको रुखको जडखोदान भनेर लेख्नु । दोस्रो, दिलिप बिस्टको भिडियो कुनै रेडियोको स्टुडियोमा बनाइएको भन्नू । माफी चाहन्छु ।’

भण्डारी अहिले काठमाडौँ आइपुगेका छन् । सुरु देखिनै भिआइपी को संलग्नता रहको भन्दै आएका भण्डारीले काठमाडौँ आइपुग्ने वित्तिकै भनेका छन् । आजको सिधाकुरा जनतासँग कार्यक्रम एतेहासिक हुनेछ । दवाइएका सत्य कुराहरु आज म सार्वजनिक गर्नेछु । रविसँग भण्डारीको भालाकुसारी लाखौँ दर्शनले प्रतिक्षा गरिरहेका छन् ।


Your Views
Related News