काठमाडौं । हास्यव्यङ्ग्य टेली श्रृंखला ‘भद्रगोल’ पुनः प्रशारण हुने भएको छ । कही साता यता प्रशारण रोकिएको ‘भद्रगोल’ अबको केही हप्तामा प्रशारण हुने छ ।

“प्राविधिक कारणले केही साता प्रशारण नभएको मात्रै हो । केही दिनमै हामी भद्रगोलकै नयाँ श्रृंखला लिएर आउने छौं,” ‘भद्रगोल’का निर्देशक तथा लेखक अर्जुन घिमिरेले बाह्रखरीसँग भने, “दर्शकको यति धेरै माया र माग हुँदाहुँदै बन्द गर्दैनौँ ।”

नेपाल टेलिभिजनसँगको सम्झौता सकिएकाले नयाँ प्रक्रियामा जाँदा केही दिन टेली श्रृंखला रोक्नु परेको उनको भनाइ छ । “टेन्डर प्रक्रिया मिलिसक्यो । मिडिया हबसँगको आर्थिक पाटो पनि मिलिसक्यो । अब नयाँ सम्झौता गरेर अर्को हप्ताबाट भद्रगोल लिएर आउने छौँ।”‘भद्रगोल’ पछिल्लो समय युट्युबमा रुचाइको टेली श्रृंखला हो । ‘भद्रगोल’का अधिकांश भाग युट्युब ट्रेन्डिङमा आउने गरेका थिए ।

भद्रगोल सार्बजनिक नहुनुको कारण
पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर्न नपाँउदा निराश बनेका छन् । खास के कोरणले भद्रगोल आएन त ?

भनेर हामीले कुमार कट्टेल (ज्रिग्री) संग सम्पर्क गरेका थियौ ।उनका अनुसार आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो । अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने भन्दै दर्शकहरु सामु २ सय २० भाग लिएर छिटैनै आउने प्रतिकृया दिएका छन् ।

आफुहरुले दर्शकको छटपटी महशुष गरिरहेको भन्दै छिटैनै प्रकृया पुरा गरेर दर्शकलाई २ सय २० भाग पस्किन आतुर रहेको जिग्रीको प्रतिकृया छ ।

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुविचमा हरेक आर्थिक बर्षको अन्त्य संगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै काँरण यो हप्ताको भद्रगोल प्रभावित भएको बुझिएको छ ।


Your Views
Related News