१५ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड आईफा नेपालमा गर्ने सरकारको निर्णयको बचाउ गरेका छन् । आईफा जस्तो विश्वस्तरीय अवार्ड आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।भारतीय फिल्म अवार्ड गर्न सरकारले ठूलो धनराशी खर्च गर्न लागेको भन्दै आलोचना भएपछि आइतबार पत्रकार सम्मेलन गरेर सीईओ जोशीले यस्तो अवसर नेपालले अबको ५० वर्षमा पनि नपाउने दाबी गरे ।उनले सरकारी खर्चमा आईफा अवार्ड गर्न लागेको स्वीकार गरे । तर कति भन्ने टुंगो लाग्न बाँकी रहेको बताए । ‘होटल, हवाइ भाडा र काठमाडौंभित्रको यातायातमा हाम्रो खर्च हुन्छ, त्यसमा के कति लाग्छ भन्ने टुंगो लागेको छैन । यसबाहेक आयोजकले ४० लाख डलर मागेको छ, कुराकानी जारी छ,’ जोशीले भने ।वार्ताका क्रममा आयोजकले धान्नै नसक्ने खर्च मागियो भने कार्यक्रम रद्द हुन पनि सक्ने उनले बताए । तर, आफूहरुले त्यस्तो अवस्था नआओस् भन्ने चाहेको उल्लेख गरे


Your Views
Related News