काठमाडौं। पार्टी अध्यक्ष, केपी शर्मा ओलीले एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकालेको एमाले नेता माधवकुमार नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको छ। नेपाल पक्षले पार्टी एकताका लागि जेठ ३ पूर्वको अवस्थामा फर्किने ओलीको घोषणालाई भ्र’मपूर्ण भनेको छ।

सोमबार बसेको नेपाल पक्षीय स्थायी समिति सदस्यहरूको बैठकले पार्टी अध्यक्ष ओलीको तर्फबाट एकताका लागि इमान्दारिताका साथ प्रस्ताव नआएको निष्कर्ष निकालेको थियो। पार्टीमा सहमति खोज्न भन्दै अनन्तकालिन समयसम्म छलफल र वार्ता भनेर अल्झिन नसक्ने नेपाल पक्षले यसअघि नै भनिसकेको छ।

अध्यक्षबाट इमानदारिताका साथ -एकताको प्रस्ताव नआएपछि हालकै अवस्थामा ओलीसँग एकता न’गर्ने घोषणा गरेका नेता नेपालले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल थालेका छन्। उनले आफू पक्षीय नेताहरूसँगको छलफललाई जारी राखेका छन्। मंगलबार मध्याह्न नेता विरोध खतिवडा, झपट रावल र जीवनराम श्रेष्ठसँग नेपालले आफ्नै निवास कोटेश्वरमा छलफल गरेका छन्।

नेपालमाथि पार्टी फु’टा’एर अर्को पार्टी गठन गर्ने र ओलीसँग वार्ताको प्रयास अन्तिमसम्म गरी, पार्टी फु’टा’उन हतार नगर्ने दुवै विषयमा दबाब परेको छ। नेपाल पक्षीय स्थायी कमिटी बैठकले सोमबार ओलीले सर्वोच्च अदालतले एमाले ब्यूँताएको दिन फागुन २३ का आफ्ना सबै निर्णय खा-रेज गरेको खण्डमा मात्रै ओलीसँग एकता हुने निष्कर्ष निकालेको थियो।

ओलीले आइतबार राति एकताका लागि गर्दै सर्वोच्च अदालतमा आफू-विरुद्ध दिएको रिट निवेदन फिर्ता लिनुपर्ने, फागुन २३ गते यता एकताका पक्षधर नेताहरूलाई पार्टीमा स्वीकार गर्नुपर्ने सर्त अघि सारेका थिए।


Your Views
Related News