खेम भण्डारी भन्ने पत्रकार सर झुट, घमण्ड, इगो र पागलपनाको भण्डार हुनुहुदो रहेछ।रबि लामिछानेलाई केटाकेटी सम्झेर ए भाई पत्रकारिता सिक भनेर अघिल्लो अन्तरबार्तामा कुर्लिँदै हुनुहुन्थ्यो तर सीधा कुराको स्टुडियो भित्र नराम्रो सँग घोक्रेठ्याक खाएर पछारिनु भो। बिचराले सोचेको पनि थिएन होला जिन्दगीमा मेरो यति ठूलो बेइजत हुन्छ भनेर! हिरो बन्ने सपना एकैछिनमा जिरो भयो। कानुनलाई क़ब्ज़ा गर्न खोज्ने, सारा जनतालाई स्टाटस लेखेर उराल्ने , अनुसन्धानलाई पाईला पाईलामा भाँजो हाल्ने र घटनालाई अतिरन्जित गरि निर्मलालाई न्याय पाउनबाट बन्चित गराउने खेम सरलाई हिजोको कार्यक्रम हेरेर कन्चनपुरका जनताले नै अब चाँडै कालोमोसो दलेर घुमाउने छन् , Wait and see!!
तर एक अर्थमा खेम सर भाग्यमानी हो किनकी यति धेरै झुटको पुलिन्दा भैकन पनि News 24 को स्टुडियो टेक्न पाउनु भो, फ्रिको खाना खानु भो, प्लेन चढ्नु भो तर उपलब्धी शुन्य ..! नत वहाँले VVIP ह*त्यारा नै प्रमाणित गर्न सक्नु भो नत तार्किक जबाफ नै दिनु भो! एक बर्षसम्म निर्मलाको ह*त्यारा पत्ता लाग्न नसक्नुमा वहाँकै हात छ। खेम सरमाथी कडा छानबीन होस्, यो मेरोमात्र माग होइन,निर्मलाको न्यायका निम्ति शहिद भएका , घाईते भएका र सत्यतथ्य बुझ्न चाहने ३ करोड नेपालीको आवाज हो..!
रबि लामिछानेलाई जित्न खोज्नु मुर्खता हो खेम सरले, किनकी न्यायको निम्ति को लडेको र न्यायको गला कस्को कलमले रेटेको छ आम जनताले राम्रोसँग बुझेका छन् । यो घटना यतिकै एउटा पत्रकार भनाउँदोले मनपरि लेखेको भरमा सामसुम पारिनु हुन्न! समाज र देशलाई अन्यौल र अराजकताको चक्रब्युहमा फसाउन खोज्ने क़लमवीर खेमसर माथी सुक्ष्म रुपले खानतलासी र अनुसन्धान गर्न म नेपाल सरकार समक्ष बिनम्र अनुरोध गर्दछु..!
जय स्वाभिमान !
#म_बोल्छु??


Your Views
Related News