आफ्नो नाम जोडेर भ्र*म फैलाउने गरी समाचार सम्प्रेशन गरेको प्रति सञ्चारकर्मी सापकोटाको आप त्ति

काठमाडौं । आफूले बोल्दै नबोलेको कुरा विभिन्न सञ्चार माध्यमहरुमा आएको भन्दै माउन्टेन टेलि भिजनमा कार्यरत सञ्चार कर्मी रामेश्वर सापकोटाले आपत्ति जनाएका छन् । फेसबुक अकाउन्टमा प्रेस वक्तव्य निकाल्दै सञ्चारकर्मी सापकोटाले माउन्टेन टेलिभिजनमा कार्यरत आफ्नो सहकर्मी शालिकराम पुडाशैनीको मृ*त्युको विषयलाई लिएर केही मिडियाले आफ्नो नाम जोडेर भ्र*म फैलाउने गरी समाचार सम्प्रेशन गरेको प्रति आ*पत्ति जनाएका हुन् ।

उनले फेसबुकमा प्रेस वक्तव्य जारी गर्दै चितवनको पोखरा बसपार्क स्थित एक होटलमा पुडासैनीको झु*ण्डिएको अवस्थामा श*व फेला पारिएको घटनापछि आफ्नो नामजोडेर केही अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेकोप्रति आफू आश्चर्य च*कित भएको जनाएका छन् । साथै आफूले भन्दै नभनेको कुरा समाचारमा आएकोप्रति घो*र आ*पत्ति समेत जनाएका छन् ।

उनले समाचारको विषयलाई लिएर आफूलाई सम्बन्धित अ*नालाइनका कुनै प्रतिनिधिले सम्पर्क नगरेका बताएका छन्, भने सो घटनाको विषयमा आफूले कसैसँग केही कुरा गर्दै नगरेको विषयलाई लिएर मेरो नाम जोडिएर कसरी स*माचार आयो ? भन्दै प्रश्न समेत गरेका छन् । यस्तो छ सञ्चारकर्मी सापकोटाको प्रेस वक्तव्यः

प्रेस वक्तव्य : माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सहकर्मी शालिकराम पुडासैनीको मिति २०७६ साल साउन २० गते अकल्पनीय रुपमा मृ*त्यु भएको खबरले म स्तब्ध भएको छु । मिशन न्यूजमा कार्यरत सहकर्मी पुडासैनीको निधनले म अत्यन्त दु*खित भएको छु । चितवनको पोखरा बसपार्कस्थित एक होटलमा पुडासैनीको झु*ण्डिएको अवस्थामा श*व फेला पारिएको घटनापछि मेरो नाम जोडेर केही अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेकोप्रति म आश्चर्यचकित भएको छु ।

मैलै भन्दै नभनेको कुरा समाचारमा आएकोप्रति म घोर आ*पत्ति जनाउदछु। समाचारको विषयलाई लिएर मलाई सम्बन्धित अ*नालाइनका कुनै प्रतिनिधिले सम्पर्क नगरेको र सो घटनाको विषयमा मैले कसैसँग केही कुरा गर्दै नगरेको विषयलाई लिएर मेरो नाम जोडि एर कसरी समाचार आयो ? मैलै पत्याउनै सकिरहेको छैन । म आफैं पनि लामो समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील रहेको छु ।

पत्रकारलाई नै अचम्ममा पार्ने गरी आएको यस्तो क*पोलकल्पित समाचार र त्यसपछि मेरो मोबाइलमा आउने तार*न्तरको फोनले म मर्माहत भएको छु । घ*टनास्थलको बारेमा राज्यको प्रहरी संयन्त्रले ग*म्भीर अनुसन्धान गरिरहेको विषयमा भ्र*म फैलाउने गरी मेरो नाम जोडी समाचार आएकोमा मेरो गम्भीर आपत्ति छ । सहकर्मी गु*माउँदाको पीडाले म र मेरो टेलिभिजनमा कार्यरत सम्पूर्ण सहकर्मीहरु अत्यन्त दुःखी भएको बेला मैले भन्दै नभनेको कुरा मेरो भनाइ भनी छापिनु दुःखद र निन्द*नीय छ ।

सहकर्मी शालिकराम पुडासैनीको अकल्पनीय नि*धनप्रति हार्दिक श्र*द्धाञ्जली व्यक्त गर्दछु। उहाँको मृ*त आ*त्माले चि*रशान्ति पाओस भन्दै यस दुःखद घडीमा उहाँको शो*क स*न्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दै स*मवेदना व्यक्त गर्दछु । रामेश्वर सापकोटा, माउण्टेन टेलिभिजन २०७६/०४/२२


Your Views
Related News