नेकपा एमाले नेता, भीम बहादुर रावलको रा’जीनामा फिर्ता गराउनलाई द’वाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौँ गएको छ।

प्रदेशबाट १२ जना सांसद र माधव समूहका तर्फबाट मन्त्री बनेकाहरु मंगलबार काठमाडौँ गएका हुन्।

रावलले आइतबार, प्रतिनिधिसभा सदस्य पदबाट, राजीनामा दिएका थिए। रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अघिनै राजीनामाको घो-षणा गरेका थिए।
भीम रावल रा’जीनामा फि’र्ता लिदै !
काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फि’र्ता लिन गृह प्रदेशका सांसदले चर्काे द’बा’ब दिएका छन। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन द’बा’ब दिनुभएको हो ।

सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उहाँको निवासमै पुगेर रा’जीनामा फि’र्ता लिन आग्रह गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फि’र्ता लिन आग्रह गर्नुभएको हो । निवासमै आइपुगेका टोलीलाई रावलले पार्टी एकताको लागि राजीनामा दिएको जानकारी दिनुभएको छ ।

माधव नेपालले शेरबहादुर देउवालाई भोट हाल्नुपर्छ भन्ने द’वा’व दिएपछि चरम अनैतिक काम गरिन्न भन्दै उपाध्यक्ष रावलले आइतबार बिश्वासको मत लिनुअगावै प्रतिनिधिसभा सदस्य पदबाट रा’जीनामा दिनुभएको थियो ।


Your Views
Related News