काठमाडौं । नेकपा एमाले नेता भीम रावलले, प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज, सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले, विश्वासको म’त दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना दिएका थिए ।

पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका घोषणा गरेका रावलले पार्टी र जनताको आग्रह भन्दै आज राजिनामा फिर्ता लिएका हुन् ।

उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति ‘सरी’ भनेका छन् ।


Your Views
Related News