भारतीय नागरिकले, दशगजामा फाले`का फोहोरको दु`र्ग`न्ध र प्रदू`षणका कारण सास्ती खेप्दै नेपाली, आफ्नै भूमिमा नाला बनाउन नेपालीलाई भारतीयले रोके!

अन्तर्राष्ट्रिय सीमा स`म्झौ`ताअनुसार दशगजा क्षेत्रमा भौ-तिक संर`चना निर्माण गर्न र प्रयोग गर्न, कसैले पनि पाउँदैन । तर, नेपाल–भारत सिमानामा पर्ने दशग`जा क्षेत्रमा भारतीयले निर्वा`ध रूपमा घरटह`रा बनाएका छन् ।

मोरङको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा पर्ने दशगजा क्षेत्रमा भारत विहार राज्यको जोगबनी नगर क्षेत्रका भारतीय नागरिकले घरटहरा, शौचालयजस्ता संर`चना निर्माण गरेका छन् । जोगबनीसँग जोडिएको दशगजा क्षेत्रमा भारतीयका एक सयभन्दा बढी घरट`हरा छन् । धेरैले घेराबारसहितको घरभित्रै शौ`चा`लय निर्माण गरेका छन् भने केहीले कपडाले बेरेर अस्थायी शौचा`लय बनाएका छन् ।

दशगजा क्षेत्रमा बनाइएका संरचनाका कारण नेपाल भारत सीमा स`म्झौ`ता उ`ल्लं`घन भएको र असुरक्षासमेत बढाएको भन्दै हटाउन नेपाल र भारत दुवै देशका अधिकारहीहरूबीच पटकपटक सहमति भए पनि अझैसम्म घरट`हरा हटाइएका छैनन् ।

सशस्त्र प्र`हरी सीमा सुरक्षा बलको प्रतिवेद`नअनुसार मोरङमा दशगजा क्षेत्रमा चार सयजति भारतीय नागरिकले घरटहरा बनाएका छन् । दशगजा क्षेत्रमा अवै`ध बसोवासकै कारण मोरङमा ३८ वटा सी`मास्त`म्भ हराइरहेका छन् ।

विराटनगर जोगबनी ना`काआसपासको दशगजा क्षेत्रमा भारतीयहरूले जबर्ज`स्ती रूपमा फोहोर फालेर बाँ`ध निर्माण गरिरहेका छन् । जसले गर्दा नेपाली सिमानासमेत मिचिरहेको छ ।

भारतीय जोगबनी बजारमा दैनिक उत्पादन हुने सयौँ टन फोहोर भारतीयहरूले विराटनगर महानगरपालिकाको १६, १७ र १८ नम्बर वडासँग जोडिएको दशगजा क्षेत्रमा ववर्षौंदेखि फाल्दै आएका छन् । दैनिक रूपमा फा`लिने फोहोरले गर्दा दशगजा क्षेत्र पु`रिँ`दै गएको छ भने नेपालतर्फको सिमाना मिचिने जो`खिम बढेको छ ।

स्थानीयका अनुसार जोगबनी बजारमा उत्पादन भएको सबैखाले फोहोर खुला रूपले फाल्दा इस्लामपुर, राइसमिल टोल, रामसेवी टोल, द`रै`या र जुु`टमि`ल क्वा´र्टरमा बसोवास गर्ने सयौँ नेपालीले दु`र्ग´न्धका कारण सास्ती पाइरहेका छन् । फोहोरेको दु`र्ग`न्धले र त्यहाँबाट उत्पन्न हुने प्रदू`षणले गर्दा उनीहरू खाना खाँदा पनि नाक थुन्न बा`ध्य छन् ।

नेपाली प्रशासन र स्थानीयवासीले पटक–पटक दशगजामा फोहोर नफ्याँक्न जोगबनी नगरपञ्चायतलाई आग्रह गर्दै आएको छ । तर, पनि कुुनै सुनुवाइ भएको छैन । भारतीयहरूले रेलबाट ल्याएको फोहोरसमेत कसैलाई नसोधी दशगजामा ल्याएर फालिदिने गरेको स्थानीयको गु`ना`सो छ । हे`पा`हा व्यवहार गर्दै असुरक्षित रूपले फ्याँकेको फोहोरले गर्दा गर्मीमा हैजा फैलने भयले स्थानीय नेपाली सधैँ त्रासमा बस्न बाध्य छन् 

सीमा क्षेत्रमा भारतले दशगजा मिचेर आफ्नोतर्फ सडकको बहानामा अग्लो बाँध बनाएको छ । त्यही बाँधमुन्तिर दशगजा क्षेत्रमा भारतीयहरूले दैनिक ठेला, रिक्सा अनि ट्याक्टरमा दैनिक सयौँ टन फोहोर फाल्ने गर्छन् । कहिलेकाहीँ मरेका जनावरको सिनोसमेत फालेर नेपालीलाई सास्ती दिने गरेका छन् ।

हामीले पटक–पटक दशगजा क्षेत्रमा यसरी फोहोर नफ्याँक्न भारतको जोगबनी नगरपञ्चायतलाई आग्रह गर्‍यौँ, तर उनीहरूले हामीलाई हेपेर वास्तै गरेका छैनन्,’ विराटनगर–१६ जुटमिल दक्षिण गेटमा बसोवास गर्दै आएका युवा मोहम्मद मुक्तार हुसैनले भने । उनका अनुसार सुरक्षाकर्मीहरूले पनि दशगजामा फोहोर नफ्याँक्न पटक–पटक आग्रह गर्ने गरेका छन् ।

विराटनगर जोगबनी नाकामा पर्ने दशगजा क्षेत्रको नेपालतर्फ विराटनगर जु`टमि`ल एरियामा बाक्लो बस्ती छ । तर, भारतको जोगबनीतर्फ भने नजिकै बस्ती छैन । यसैले भारतीयहरूले हे`पेर फोहोर फालिरहेको स्थानीयहरू बताउँछन् । भारतले फोहोर फ्याँकेर दशगजा क्षेत्रको जमिनमा बनाएको बाँधलाई अग्लो पार्दै लगेको छ ।

भारतीय बजार जोगबनीबाट बगेर आएको पानी निकास गर्न नेपाली भूमिमा नाला निर्माण गर्नसमेत भारतले रोक लगाएको छ । भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी बजारसँग सीमा जोडिएको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला निर्माणमा भारतीय सीमा सुरक्षा बलले जबर्जस्ती रो’क लगाएको हो ।

व`र्षात्को समयमा जोग’बनीबाट, नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डु’बानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । वडाध्यक्ष समिम कमरले, नेपाली भूमिमै पानी बग्नेगरी नाला निर्माण गरिए पनि भारतीय सीमा सुरक्षा बल र प्रशासनका अधिकारीहरूले निर्माणमा रोक लगाएको, जानकारी दिए ।

नेपालबाट बाा’ढीको पानी निकास गरेर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजेको भन्दै एसएसबीले गा`लीग`लौ`ज गर्दै हाम्रो भूमिभित्रै बन्दुक ते`स्र्या`एर नाला निर्माण गर्न दिएन,’ स्थानीय कैलाशप्रसाद साहले भने । उनका अनुसार ह`ति`या`रसहित आएका भारतीय सुरक्षाकर्मीले नाला निर्माण नगर्न चे`ता`वनी दिएपछि दश दिनदेखि नाला निर्माण ठप्प छ । भारतीय सुरक्षाकर्मीको डरले डकर्मीहरू आउन मानेका छैनन् ।

इस्लामपुर बस्तीमा एक सयभन्दा बढी घरपरिवार बसोवास गर्दै आएका छन् । उनीहरूले निकासा गरेको पानी दशगजा क्षेत्रसँग जोडिएको नेपाली भूमिको पैनीमा पुग्छ । निकासको पानीले भारतीय बस्ती र भूमि डुबानमा पर्दैन । स्थानीय शिक्षक रासुल हुदाका अनुसार नेपालीहरूले आफ्नो पानी भारततर्फ नपठाएको बरु भारतबाटै निकास भएर आएको पानी नेपाली भूमिको पैनीमा बग्ने गरेको छ । । त्यसैले सोही पानी निकासा गर्न नाला निर्माण गरेको भन्दै सम्झा`उँदा पनि भारतीयले नमानेको उनले बताए ।

तर, भारतीय बजार जोगबनीको पानी दशगजा क्षेत्रमा नाला निर्माण गरेर भारतले मटेर्वा नाका, राइसमिल, रामसेवी र इस्लामपुर टोलमा पठाइरहेको छ । भारतबाट आएको पानीकै कारण सीमा क्षेत्रका नेपाली बस्ती डुबान`मा पर्दै आएका छन् ।

सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीयले जोगबनी बजारको पानी नेपालतर्फ पठाउने कार्य तुरुन्त रो`क लगाउनुपर्ने र नेपाली भूमिभित्र नाला निर्माण कार्य खु`ला गराउन प्रशासनले पहल गर्नुपर्ने माग गरेका छन् । विराटनगर वडा नम्बर १७ र १८ मा पर्ने जोगबनी बजारसँग जोडिएको सीमावर्ती बस्तीहरू इस्लामपुर, राइसमिल र रामसेवी टोलमा तीन सय बढी घरपरिवार बस्छन् ।

नेपाली भूमिभित्रै नाला निर्माणमा भारतीयले रोक लगाएको गुनासो आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले हालै सो क्षेत्रको निरीक्षण गरेका थिए । उनले चाँडै भारतीयहरूसँग वार्ता गरेर निर्माण कार्य सुचारु गराउन पहल गर्ने बताउँदै त्यसवेलासम्म नाला निर्माण रोक्न निर्देशन दिएका छन् ।

तर, दश दिन बितिसक्दा पनि भारतीयसँग कुनै वार्ता हुन सकेको छैन । भारत पक्षले अझै वार्ता गर्न चाहेका छैनन् । ‘भारत पक्षले छलफल गरौँला भनेका छन्, तर अहिलेसम्म कुनै जानकारी आएको छैन । वार्ता सुरु भएपछि एउटा समाधान निकाल्ने छौँ,’ उनले भने ।


Your Views
Related News