काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालले लगाएको आ’रो’प’को खण्डन गरेका छन्।

नेता नेपालले दुई दिन अघि केपी ओलीले, आफ्नो घरवरिपरी २०/१५ जना गुण्डा कार्यकर्तालाई बाइकमा पठाएको आ’रो’प लगाएका थिए।

त्यसको जवाफ दिँदै ओलीले भने, ‘यो अ’फ’वा’ह हो। केपीको साथमा रहेको कुनै २-४ जनाको झुण्ड छैन। देशको बढी जनसंख्या नेकपा एमालेको साथमा छ। देशको बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा/दुइटा कसले कविता न सविता भनेर लेख्छ, त्यसका पछाडी नेकपा एमाले कुद्छ?’

ओलीले अगाडी भने, ‘नेकपा एमाले कुनै गुण्डा दल होइन्। नेकपा एमाले एउटा परिपक्क राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभि-भारा छ। त्यो अभि-भारा बोकेको पार्टी अनि एक/२ जनाले केपी ओलीलाई मु’ख छा’ड्यो। केपी ओलीलाई मुख छाडेर,लेखेर जिबिका चलाए भने म खुसी नै हुन्छ। कमसेकम जिविका त चल्छ। त्यसले ब’द’ना’म नगरे हुन्छ। थुप्रै लागेका छन् ब’द’ना’म गर्न।’

ओलीले नेता नेपाललाई हरियो सर्पको संज्ञा दिए।

अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै’ उनले भने,’घाँसको मुठो पनि न’छोड्ने र त्यहीँभित्र लुकेर अनेक ष’ड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौँ।

नेता नेपाललाई माफी दिने आफू कोही नभएको भन्दै ओलीले गल्ती सच्चाएर आए पार्टीले माफी दिने उल्लेख गरे ।

‘माधव नेपाललाई माफी दिने म को हुँ रु दिए पार्टीले दिन्छ’, ओलीले भने ।


Your Views
Related News