काठमाडौं

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए, राति ट्रकको ठ’क्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृ’तक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।

ठ’क्करबाट घा’इते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृ’त्यु भएको थियो । दु-र्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भनेको भएता पनि उनीहरु घर पुग्न पाएनन् ।


Your Views
Related News