ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण १३ गते बुधबार । तदनुसार २८ जुलाई २०२१ । श्री कृष्णजीदर्शन गरी आजको राशिफल हेर्नुहोस ।

आज,

वि.सं. साउन १४ २०७८ । ई.सं. 28 Jul, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ दिल्लागा । दक्षिणायन । वर्षा । बुधवार । श्रावण कृष्णपक्ष । तिथि – पञ्चमी , २८:४२ बजे उप्रान्त षष्ठी । नक्षत्र – पूर्वभाद्रपदा , १३:३३ बजे उप्रान्त उत्तरभाद्रपदा । योग – अतिगण्ड , २३:५० बजे उप्रान्त सुकर्मा । करण – कौलव १६:३० बजेदेखि तैतिल , २८:४२ बजे उप्रान्त वणिज । चन्द्रराशि – कुम्भ । आनन्दादि योग – पद्म । दिनमान ३३।४१ । सूर्योदय ५:२५ । सूर्यास्त १८:५४। पञ्चक, श्री कृष्ण प्रणामी वितक कथा आरम्भ ।

आजको राशिफल :

मेष – (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । धन क्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

वृष – (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

मिथुन – (का, की, कु, घ, ङ, छ, के, को, हा)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कर्कट – (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । विद्यार्थीहरुका लागि आजको दिन शुभ रहेको छ ।

सिंह – (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखा पर्नेछ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

कन्या – (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
यान तथा बाहनबाट सुख मिल्नेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

तुला – (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । विपरीत लिंगीका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।

वृश्चिक – (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

धनु – (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आफन्त तथा भाइवन्धुहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

मकर – (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नेछ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाइदा हुनेछ ।

कुम्भ – (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खान-पानमा ख्याल गर्नुहोला ।

मीन – (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
रोगबाट छुट्कारा मिल्नेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२
(प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।


Your Views
Related News