काठमाडौ । सरकारले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणकाे निर्देशकमा नियक्त गर्ने निर्णय गरेपछि जनता बाट वधाइकाे ओइराे आएकाे छ । प्रधानमन्त्री देउवाले स्वविवेकले याे निर्णय गरेकि प्रचण्डले प्रस्ताव गरेकाे भन्ने धेरैकाे चासाे भएकाे वेला घिसिङले भने दुवै जनाकाे सहयाेगले मात्र याे काम सम्भव भएकाे वताएका छन ।

केपी शर्मा वलीकाे सरकार हुँदा नै प्रचण्डले जिले प्रस्ताव गर्नुभएकाे थियाे तर प्रधानमन्त्रीकाे सहमति विना सफल भएकाे थिएन । यति वेला उहाँकाे प्रस्ताव प्रधानमन्त्रीले स्विकार गरेकाेले केहि आशा पलाएकाे घिसिङले वताएका छन । कसले नियुक्ति गर्याे भनेर साेच्नु भन्दा पनि अहिलेकाे गठबन्धन सरकारले नै नियुक्त गरेकाे भनेर वुझ्दा राम्राे हुने उनले वताए ।

विगतमा यहाँ सम्म ल्याउन अहम भुमिका खेल्ने तत्कालित उर्जामन्त्री जनादर शर्मा र अहिलेका उर्जामन्त्री पम्फा भुसाल ज्यू काे पनि ठुलाे हात रहेकाे छ । उहाँहरु सबैलाई धन्यवाद र नमन गर्दै मुख्य भुमिका खेल्ने सारा नेपाली जनताकाे पनि मेराे उच्च सम्मान छ भनेका छन ।

प्रधानमन्त्री शेरबहादु्र देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न उर्जामन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रचण्डको प्रस्तावमा देउवा सहमत भएका हुन । वर्षमान पुन उर्जामन्त्री भएको बेला नै कुलमानलाई प्राधिकरणमा नियुक्त गर्न सिफारिस गरिए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले शाख्यलाई नियुक्त गरेका थिए ।

मंगलबार प्रधानमन्त्री देउवाले हालका निर्देशक हितेन्द्रदेव शाक्यसँग राजीनामा माग गरी घिसिङलाई निर्देशकमा नियुक्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । र पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । सुरुमा बिधुत प्राधिकरणमा ल्याउनको लागि तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा थिए भने प्रधानमन्त्री प्रचण्ड थिए । अहिले पनि नियुक्तिको लागि प्रचण्डकाे प्रस्ताव र देउवाकाे सहमती बिना सम्भव थिएन ।


Your Views
Related News