नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ।सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्।

सन्दीपले यसअघि इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका छन्। उनले सिपिएलको गत संस्करण पनि खेलेका थिए।

यी ब्याटस्म्यानको भविष्यवाणी- कोहलीले वान डेमा ७५-८० शतक लगाउनेछन्
ब्याटस्म्यान वसीम जाफरले भारतीय टिमका कप्तान विराट कोहलीले वान डे मा ७५ देखि ८० शतक बनाउन सक्ने बताएका छन्।कोहलीले आइतबार वेस्ट इण्डिज विरूद्धको खेलमा आफ्नो करियरको ४२ औं शतक पूरा गरे। वान डे क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान सचिनको नाममा छ। उनले ४९ शतक प्रहार गरेका छन्।

‘११ पारिको विरामपछि काम फेरी सुरू भयो। अन्तराष्ट्रिय क्रिकेटमा कोहलीको अर्को एउटा शतक। मलाई लाग्छ उनले वान डे मा ७५-८० शतक लगाउनेछन्’, ट्विट गर्दै जाफरले भने।

आइतबार कोहलीले इण्डिज विरूद्धको खेलमा १२५ बलको सामना गर्दै १२० रनको पारी खेलेका थिए। सो शतकसँगे कोहली भारतका लागि वान डेमा सर्वाधिक रन बनाउने दोश्रो खेलाडी समेत बने।

कोहलीले २९७ पारीबाट सौरभ गांगुलीले बनाएको ११ हजार २ सय २१ रनको आँकडालाई उछिन्दै सो स्थान ओगटेका हुन्। यसका लागि कोहलीलाई केबर २२९ पारी लाग्यो।


Your Views
Related News