असार १५ गते अर्थात राष्ट्रिय धान दिवसको अवसरमा समाजिक संजालमा धान रोप्दै गरेको तस्बिरहरु व्याप्त देखियो । कसैले हातमा पन्जा लगाएर त कसैले जुत्तामा हिलो लाग्छ भनेर कागज ओछ्याएर धान रोपिरहेको तस्बिर फेसबुकमा भाइरलनै बन्यो । धान दिवसको अवसरमा धान रोप्ने, हिलो खेल्ने, दहि चिउरा खाने प्रचलन छ । धान दिवस एकप्रकारले परम्पराकै रुपमा मनाइदै आएको छ । तर, असार १५ मा हिलो खेलेर रमाउने भन्दा पनि उत्शृंखल गतिविधि गर्नेको संख्यामा कुनै कमि देखिएन । केहि नेपाली मोडेलहरुले त धान दिवसलाई अश्लील फोटो खिच्ने अवसरकै रुपमा लिने गरेका छन् ।
मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा असार १५ गते धान दिवससँगै रोपाईँ जात्राकै रुपमा मनाइन्छ ।
हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जनमा रमाउनेको जमात थुप्रै छ । तर, मनोरञ्जनका नाममा विकृति पनि फैलिदै गएको छ । पुर्व कृषिमन्त्री हरि पराजुलीले धान दिवसमा उत्शृंखल गतिविधि गर्दा मन्त्री पदनै खुस्एिको थियो । हेरौँ असार १५ का भाइरल तस्बिरहरुः


Your Views
Related News