प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई पैसा दिन नसकिने बताएका छन् । निगमको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह गरेका छन् ।३७ अर्ब घाटामा रहेको वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।
यथास्थितिमा पैसा नदिइने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’
‘अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । यो व्यवहारमा देखिनुर्पयो ।’जहाज चढ्ने, चढाउने सबै फाइदामा रहेको, तर बोक्ने जहाज मात्र घाटामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘जहाजले होइन्, हाम्रो कारण नोक्सान भएको छ


Your Views
Related News