बिहिबारबाट काठमाडौं उपत्याका हलहरु खोल्ने दिने जिल्ला प्रशासन कार्यलयको निर्णय;सँगै हल व्यवसायीहरु उत्साहित बनेका छन् । निषेधाज्ञाका कारण करिब ४ महिना सम्म बन्द रहेका हलहरु भोलीबाट सुरक्षा मापदण्ड अपनाएर खोल्ने दिने निर्णय; प्रशासनले गरेको हो । योसँगै, भोलीबाट विस्तारै हल खुल्न थाल्ने चलचित्र संघले जनाएको छ ।

चलचित्र संघका महासचिव अशोक शर्माले भने–‘अब, हल नखोली त हामीसँग अरु विकल्प पनि छैन नी । अब, हल खोल्दै जाने र निर्माता, वितरकहरुसँग पनि छलफलको प्रक्रियालाई अगाडि बढाउनुपर्छ।

उनले, हल नखोल्ने हो भने यो समस्या झनै लम्बिने भन्दै दशैं सम्म चलचित्र रिलिजले पिक-अप लिने आशा व्यक्त गरे । साथै, काठमाडौं बाहिरका जिल्लाहरुमा पनि हल खुलाउनका लागि पहल गर्ने अशोकको भनाई छ ।


Your Views
Related News