काठमाडौँ- वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो। नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले अधिकारीको आजै अन्त्यष्टि गरिने जानकारी दिईन्।

वि.स. २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् ।


Your Views
Related News