काठमाडौं

भनिन्छ कलाकारको कुनै धर्म हुदैन । कुनै जात हुँदैन । कुनै वर्ग हुदैन । कलाकार सबै दर्शक र स्रोताका हुन् । कलाकारले अन्याय अत्या’चारको विरु’द्धमा आवाज उठाउनु पर्छ । उनीहरू समाजका प्रतिबिम्ब हुन् ।

हास्य कलाकार दिपकराज गिरी भन्छन- कलाकार कुनै पार्टीमा लाग्नै हुदैन, कलाकारको विचार भनेको त्यो ५ वर्षमा एक पल्ट भोट हाल्ने हो, त्यो पनि सु’टुक्क हाल्ने हो । कुनै दलको नबन्ने, कलाकार कुनै राजनीतिक पार्टीमा जान पाइदैन, लाग्ने हो भने कलाकारिता छा’ड्नुपर्छ ।

तर नेपालमा पछिल्लो समय त्यो देखिदैन । कुनै बेला पार्टीका नेता-कार्यकर्ताहरु जस्तै कलाकारहरु एउटा पार्टीबाट अर्को पार्टी प्रवेश गर्ने क्रेज नै चल्ने समेत गरेको छ । गत हप्ता कृष्ण अस्ट्मीका दिन भदौ ७ गते सोमबार वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले काठमाण्डुको गै’ह्रीधारास्थित एलिस रिसेप्स’नमा हिन्दु राज्य र राजत’न्त्रको एजेन्डा लिएर एकीकृत शक्ति नेपाल नामक पार्टीको खोले ।

उनको एकीकृत शक्ति नेपालमा केहि कलाकारहरुमा पनि सहभागी रहेको खुलेको छ । जसमा मनिषा कोइराला, निखिल उप्रेती र स्वेता खड्का उनको पार्टीमा रहेका छन् ।

जस मध्य निखिल उप्रेतीले त राम्रैसंग भाषणा गर्न भ्याए । नेपालमा अब हि’न्दुराष्ट्र र राजसंस्था फ’र्काउनु पर्ने जोडबलका साथ तर्क राख्न भ्याए ।

त्यस्तै अरु कलाकारहरु हिन्दु धर्म र राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन । पल शाहले केहि महिना अगाडि एक लोकप्रिय टेलिभिजन कार्यक्रममा आफू हिन्दु धर्म र राजतन्त्रको पक्षमा रहेको खुलाए ।

हास्यकलाकार राजराम पौडेलले पनि बिभिन्न राजावादी समुहको कार्यक्रममा सहभागि भएर नेपालमा हिन्दुराज्य र राजसंस्था पुनः स्थापना गर्नका लागि सहयोग गर्न सबैलाई आह्वान गर्दै हिडेका छन । हिन्दु राष्ट्र राजसंस्था पुनः स्थापना नभएसम्म सडक नछाड्ने बिभिन्न संञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा अभिव्यक्ति दिदै हिडेका छन ।

त्यस्तै अर्का हास्यकलाकार सन्तोष पन्त नेताहरुलाई बिभिन्न किसिमको आ’रोप र गाली गर्दै पहिला देखि नै हिन्दु धर्म र राजतन्त्रको पक्षमा भएको बताएका छन् । कांग्रेस पार्टीमा रहेका कलाकार निर शाह पनि राजतन्त्र र हिन्दु धर्मको पक्षमा रहेको बताइन्छ ।

कतिपयले त कलाकारहरुले आफ्नो फ्यान क्रेजलाई दुरप्रयोग गरेर हिन्दु धर्मको मेसिन’री जसरी काम गरिरहेको बताउँने गरेका छन । कलाकारिता क्षेत्रमा स्थापित कलाकारहरुको फ्यान धेरै हुने र ति फ्यानहरु कलाकारहरुलाई भगवान झै मान्ने गरेको कहिले काही चर्चा हुने गरेको छ ।

त्यसैले कलाकारले जे बोल्यो त्यो नै सत्य रअन्तिम विकल्प हुने शुभचि’न्तकहरुको बुझाई रहेको पाइन्छ । त्यसैले कतै कलाकारहरु कुनै एजेण्डाको मिसिनरी त बन्न पुगेका छैनन् भन्ने पश्र अहिले आउँन थालेको छ ।

कतिपयले कलाकारको हिन्दु राष्ट्र र राजसंस्था फर्काउने अभियान र अभिव्यक्तिलाई चर्चा बटुल्ने टुल्स माध्यमको रुपमा मात्र बुझ्नु पर्ने तर्क गर्दै आएका छन । कतिपय विश्लेषले चाहि यो व्यवस्थाको बि’कृतीले पनि हुनसक्ने बताएका छन ।
नाम नखुलाउने शर्तमा एक बरिष्ठ कलाकार भन्छन ।

नेपाल सबै जात र धर्मको फुलबारी हो । एउटा मात्रै धर्म र एउटा मात्रै वंशको कुरा अब चल्दैन । यो धेरै पुरात’नवादी बिचार हो । म त सकिन्छ भन्ने बुद्धको प्रचारप्रसार गरौं भन्छु । तर यसले पनि एकता ल्याउनु सक्दैन । किनकि नेपाल धेरै धर्म मान्ने समुदाय छन् । किराँत, बौन, जैन, क्रीस्चियन, मुस्लिम र अरु पनि छन् ।’

उनी थप्छन् ‘ बहुभाषिक, बहुधार्मिक, बहुजातीय, बहुसंस्कृतिक मुलुकमा एउटैमात्र धर्मको कुरा बोक्नु संभाव छैन । बरु सबैलाई सम्मान गरौं । धर्म मान्ने कुरा व्यक्तिलाई छोडौ । कोहि धर्म नमान्नु पनि सक्छ त्यो उसको स्वतन्त्रता हो । यस्तो एकलकाँटे बिचार नबोकौ । यसले कोसैलाई पनि फाइदा गर्दैन ।

यसले हाम्रो समाजलाई तहसनहस गर्छ ।’एउटा मात्रै धर्म र वंशको कुरा अब नेपाली समाजमा स्वीकार्य हुँदैन । उनको तर्क थियो । धर्म र जातले मानिसहरू विच एकता होइन बिभाजन, घृणा र द्वन्द्व ल्याउने ऊनी दाबी गर्छन् । यस्तो डरलाग्दो बिचार र काम कसैले पनि नगर्नु ऊनी आह्वान गर्छन् । -दैनिक न्युज नेपाल लिइएको हो ।


Your Views
Related News