काठमाडौं । दक्षिण एसियाको बलियो राष्ट्र भारत वि’रुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा २-१ को हार बेहोर्‍यो । करिब ५ हजार भन्दा बढी दर्शकको अघि जित्ने लक्ष्यका साथ मैत्रदान उत्रिएपनि नेपालले जित आफ्नो पक्षमा पार्न सकेन ।

नतिजालाई छाड्ने हो भने नेपाली खेलाडी र टिमको प्रदर्शनले मन जित्यो । खेल सकिएपछि नेपालका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले पनि नतिजालाई बिर्सेर टिमको प्रदर्शनबाट खुशी भएको बताए । पहिलो खेलको तुलनामा सुधारिएको खेल खेलेको आफू प्रशिक्षकको रुपमा खुशी रहेको बताए ।

यस अघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बरा-बरीमा सकिएको थियो । आइतबार दशरथ रंगशालमा दुवै टिमका प्रशिक्षकले टिममा केही परिवर्तन गरे । नेपालका प्रशिक्षकले ३ र भारतीय प्रशिक्षकले ७ खेलाडी पहिलो रोजाईँमा परिवर्तन गरे ।

पहिलो हाफ गोलरहित बरा-बरीमा सकियो । दोस्रो हाफमा तीन गोल भयो । भारतले दुई गोल गर्दा नेपालले एक गोल फर्कायो । भारतका लागि ६२औं मिनेटमा वैक्लपिक खेलाडी फारुख चौधरी र ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गरे ।

दुई गोल खाएपनि नेपालले आक्रमण गर्न छाडेन र ८६औं मिनेटमा तेज तामाङले गोल फर्काए । उनले पेनाल्टी एरिया भन्दा शानदार गोल गरे ।

तजको राष्ट्रिय टिममा यो पहिलो गोल हो । प्रशिक्षकले पनि उनको गोलको प्रशंसा गरे । ८६औं मिनेटमा नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । गोलकिपर विशाल श्रेष्ठ र डिफेण्डर राजन गुरुङले पहिलो पटक सिनियर टिमका लागि खेल्ने अवसर पाए ।

यस्तै कप्तान तथा गोलकिपर किरण चेम्जोङले नेपालका लागि सर्वाधिक क्याप जित्ने कीर्तिमान पनि यसै खेलमा बनाए । किरणले नेपालका लागि ७४औं खेल खेल्दै विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान तोडे । उनले भारत वि’रुद्धको पहिलो खेलमा कीर्तिमान बराबरी गरे ।

भारतसँग खेल गुमाएपनि किरणको कीर्तिमान, विशाल र राजनको डेब्यु अनि तेजको गोलका लागि यो खेल स्मरणीय हुनेछ ।


Your Views
Related News