काठमाडौं : नेकपा (एमाले) नेता गोकुल बास्कोटाले कलाकार भरतमणी पौडेलले सबैको क्यारिकेचर गरेपनि फुटबल स्टार लियोनल मेस्सीको भने गर्न नसक्ने बताएका छन् ।

मेस्सीको उच्च प्रशंसा गर्दै नेता बास्कोटाले भरतमणीबाट मेस्सीको क्यारीकेचर नहुने बताएका हुन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै गएराति भएको विश्वकप –

२०२२ अन्तर्गत अर्जेनटीना र बोलिभियाबीचको छनौट खेल मिस गरेको तर भर्खर हेरेको बताउदै उक्त खेलमा मेस्सीको गोल उत्कृष्ट रहेको नेता बास्कोटाले बताएका छन् ।

‘आज अर्जेन्टीना र बोलभियाको खेल हेरेको थिइॅंन। भर्खर तानेर हेरेको क्या मिस गरेछु भने बयान गरी साध्य छैन रैछ,’ उनले भनेको छन्, ‘गोल चै दाम्मी गरेछन मेस्सीले। नेपालका भरतमणीले हेरे कि नाइॅं ? भरतमणीले जस्को क्यारीकेचर गरेपनि मेस्सीको चै सक्दैनन ल!’


Your Views
Related News