बि’रामी बुबाआमा पाल्न रिक्सा पेल्दै बालक, आफ्नो भविष्यको कुनै ठेगान छैन !

काठमाडौ : काठमाडौको बसन्तपुर क्षेत्रपाटिमा १५ वर्षीय एक किशोर पढाई छोडेर बि’रामी बुबाआमा पाल्न दैनिक रिक्सा चलाउने गर्छन् ।यस्तो कलिलै उमेरमा उनी आफ्नो भविष्यलाई

छोडेर आमाबुबालाई ख्याल गर्न आफू लागिपरेका छन् ।
आफ्ना उमेरका साथीहरू स्कुल जाने, खेल्ने गरेको हुँदा उनी भने दिनभर पसिना बगाउदै छन् ।धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।

उनी आफ्नो खुट्टा पाइडलमा नपुगेपनी निकै मिहेनत गर्दै रिक्सा चलाउ छन् ।बुबा बाइक दु’र्घट’नामा परेर घा’इते भएपछि उनले घरको जि´म्मा आफुले लिएका हुन् । कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छो´डेर रिक्सा चलाइरहेका छन् ।

आमाले गाउँमै अलिअलि कमाएर घर खर्च धान्दै छिन् ।सुन्दर यता काठमाडौमा रिक्सा चलाइरहेका छन् ।सुन्दरले चलाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहुलाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।

आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकिरहेका छैनन् ।सधेरै मान्छेले सानो बच्चाले रिक्सा कु’दाउन नसक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गुनासो गरे ।यसरी आफ्नो परिवारको लागि सुन्दर आफ्नो सानै उमेरमा मेहनत गरिरहेका छन् ।


Your Views
Related News