काठमाडौं : को’रोना महा-मारीकै बेला अर्को त्रा’स थपिएको छ, निपाह भा-इरस। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी ल्याउन सक्ने १० प्राणघातक रो’गभित्र यसलाई राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए।

‘छिमेकी मुलुकमा सं’क्रमण पुष्टि भइसकेको छ। भारतबाट संक्रमित चमेरो फलफूल खान नेपालको तराई क्षेत्रमा आउन सक्छ’, सहप्रवक्ता डा. अधिकारीले भने। फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ। डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ। जसको मृ’त्युदर ४५ देखि ७५ प्रतिशत छ।

भारतको दक्षिणी राज्य केरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्यसचिव राजीव सदानन्दनले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ।
उक्त चमेरो नेपालमा पनि पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ‘काठमाडौं उपत्यकालगायत अन्य स्थानमा सं’क्रमण गराउन सक्ने चमेरो रहेको पुष्टि भएको छ। सं’क्रमण गराइसकेको पुष्टि भएको छैन’, डा. अधिकारीले भने, ‘यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ।’

त्रिभुवन विश्वविद्यालय, पोखरा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको अध्ययनले उक्त चमेरो नेपालमा रहेको देखाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए। भने, ‘कोरोनाको चिन्ता नसकिँदै निपाह भाइरसको जोखिम छ। सँुगुरलगायत पशु पाल्ने किसान बढी सजग हुनुपर्छ।’ यसले दक्षिण एसियाली मुलुकमध्ये भारत र बंगलादेशमा हरेक वर्ष सताउने गरेको छ। छिमेकमा देखापर्ने स्वास्थ्य समस्या केही महिनापछि नेपाल भित्रिने गरेको छ। मन्त्रालयले सं’क्रमणको लक्षण देखिए उपचार गराउन आग्रह गरेको छ।
कसरी सर्छ ?

संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरुजस्ता जनावर हुँदै मानिसमा भाइरस सर्ने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। त्यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आए पनि संक्रमणको जोखिम हुन्छ। भाइरस लागेको चारदेखि १४ दिनभित्र लक्षण देखापर्छन्। ज्वरो, आउने, मांशपेशी एवं टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी हुने, स्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी आउने र मस्तिष्क सुनिनेलगायत समस्या देखिने जनाइएको छ। मलेसिया र सिंगापुरमा सन् १९९९ मा यो भाइरसको पहिचान गरिएको थियो। मलेसियामा सुँगुर फार्मबाट पत्ता लागेको थियो।

डा. पुनका अनुसार यो भाइरस दूषित खाद्यपदार्थ र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ। ‘भा’इरसबाट संक्रमित सुँगुर वा चमेरोको थुक, पिसाबबाट पनि मानिसमा सर्न सक्छ’, उनले भने। यसविरुद्ध जनचेतना फैलाउँदै निर्देशिकासहित उपचार व्यवस्थापनको पूर्वतयारी गर्नुपर्ने उनको सुझाव छ।

संक्रमित पशुको संसर्गमा आएका फलफूल सेवन गरे पनि संक्रमणको जोखिम हुने विज्ञ बताउँछन्। ‘पशुपन्छिले जुठो हालेका वा कोपरेका (खोपेर छोडेका) फलफूल नखाऊँ। तरकारी, फलफूल राम्रोसँग सफा गरेर मात्र खानुपर्छ’, डा. पौडेलले भने।

कसरी जोगिने ?
–सरसफाइमा ध्यान दिने
–फलफूल राम्ररी पखालेर खाने
–तरकारी पूरै पकाउने
–गोठ र फार्म सफा राख्ने
–मासु काट्दा र पकाउँदा पञ्जा र मास्क लगाउने
–पानी उमालेर मात्रै पिउने
–साबुनपानीले बेलाबेला हात धुने
–भीडभाडमा जाँदा मास्क प्रयोग गर्ने

‘नयाँ भेरियन्ट आउने जोखिम’
कोरोनाको नयाँ भेरियन्ट आउने जोखिम रहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता डा. कृष्ण पौडेलले नयाँ–नयाँ भेरियन्ट पत्ता लागिरहेको बताए। पछिल्लो समय ‘म्यु’ ( बी.१.६१ ) भेरियन्ट देखा परेको छ। ‘कोभिड–१९ को भाइरस जहाँ–जहाँ पुग्यो।

नयाँ भेरियन्ट बढ्ने जोखिम छ’, उनले भने, ‘त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु हुँदैन।’ विज्ञहरूका अनुसार भाइरसले समय–समयमा रूप परिवर्तन गर्छ। जीन उत्परिवर्तन गर्छ।
त्यसबाट भेरियन्टहरू निस्कन्छन्। बढी असर गर्नेलाई ‘भेरियन्ट अफ कन्सर्न’ समूहमा राखिएको छ। जसअन्तर्गत अल्फा, बिटा, गामा र डेल्टा छन्। नेपालमा दोस्रो लहरमा अल्फा बढी सक्रिय देखियो।
पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा डेल्टा भेरियन्ट बढी पाइएको छ।

डा. पौडेलका अनुसार नयाँलाई भेरियन्ट अफ इन्ट्रेस्ट भनिन्छ। अहिले इटा, कप्पा, ल्याम्डा यो समूहमा छन्।


Your Views
Related News