सबै जसो मानिसहरूले आफ्नो शरीरको ध्यान राख्ने गर्दछन् l उक्त कारण सबैले आफ्नो तौल घटाउने प्रयास गर्दछन् l यसका लागि कतिपय मानिसहरू डाक्टरको आयुर्वेदिकमा निर्भर रहन्छन् तर पनि शरीरको तौल भने घट्ने नाम लिई राखेको हुँदैन l यस कारण मानिसहरूमा निराशापन छाउने गर्दछ l तर अब यस कुरामा चिन्ता लिनुपर्ने छैन किनकि अब घरेलु उपायहरूबाट पनि आफ्नो मोटोपनाबाट छुटकारा पाउँन सकिनेछ lहेर्नुहोस् यी हुन् घरेलु उपाय जसबाट सजिलै मोटोपनाबाट मुक्त हुन् सकिन्छ :मेथीको दाना
हामीले प्राय प्रयोग गरिने चिज मेथी हो l जसले खानेकुरालाई स्वादिलो बनाउने गर्दछ l तर यसको दिनहुँ प्रयोग गर्नाले पनि मोटोपना व्यक्तिहरूको तौल घटाउने गर्दछ l सो कारण मोटोपना मानिसहरूले यसको प्रयोग आफ्नो भोजनमा गर्ने बानी बसाल्नुपर्दछ lजिरा
मानिसहरूले जिराको प्रयोग मसलाको रूपमा गर्ने गर्दछ । तर यसको दिनहुँ प्रयोग गर्नाले शरीरको तीन गुणा फ्याट बर्न गर्ने क्षमता बढाउनका साथै मोटोपना घटाउन पनि मदत गर्दछ ।अदुवा
अदुवाको प्रयोग मसलाको रूपमा प्रयोग गर्नका साथ साथै कालो चियाहरूमा पनि गर्ने गरिन्छ । तर कतिपय मानिसहरूलाई यसको प्रयोगले बोसो पगाल्ने पनि काम गर्दछ । उक्त कारणबाट पनि शरीरको तौल घटाउने काम अदुवाले गर्दछ ।लसुन
लसुनलाई पनि मानिसहरूले एक मसलाको रूपमा प्रयोग गर्ने गर्दछन् l तर लसुनले तरकारीको स्वाद बढाउनुका साथै शरीरमा जमेको बोसोलाई पनि कम गर्ने गर्दछ l जसबाट मोटोपना घटाउन मदत मिल्ने गर्दछ l


Your Views
Related News