पूर्व सहकर्मी शा*लिकराम पु*डासैनीको आ*त्म ह*त्या प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेले पु*डासैनीको आ*त्म ह*त्याले निकै म*र्माहत भएको बेला आफैमाथि दोषी करार गर्ने कामप्रति दुःख ब्यक्त गर्दै छानविनमा सघाउने बताएका छन्।

‘म निर्दोष छु, छानविनमा सघाउन चाहन्छु, तर नियतवस फसाउने काम चाँहि कतैबाट नहोस,’ काठमाडौंबाट गएको पत्रकारको टोलीसँग लामिछानेले भने । लामिछानेसँगै प*क्राउ परेका पत्रकार कँडेलले पनि आफूहरु निर्दोष रहेको बताए ।

कँडेलले आफूले चिनापर्ची गराएको भनिएकी अस्मितासँग अदालतमा पहिलो पटक देखादेख भएको भन्दै फसाउने नियतले यस्तो काम भएको बताए । उनले कार्कीसँग चिनजान नै नभएको अवस्थामा फसाउने काम भएको बताए । अदालतले गत बिहीवारबाटै लागू हुने गरी पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । सो म्याद भोलि सोमवार सकिदै छ ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले आज जिल्ला प्रहरी कार्यालय चितवन पुगेर भेटेको थियो।

प्रहरीले पु*डासैनीले आ*त्म ह*त्याका लागि बाध्य पारेको भिडियो सार्वजनिक भएपछि लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई प*क्राउ गरी हिरासतमा राखेको छ । रविका समर्थकहरुले नियतबस फसाउने काम भएको भन्दै दैनिक बिरोध गरिरहेको बेला पत्रकारको टोलीले दुवै सञ्चारकर्मीलाई भेट गरेको हो ।

यता बाहिर सडकमा भने आन्दोलन दिन प्रतिदिन चर्कदै गैरहेको छ | पक्ष विपक्षमा नाराबाजी र जुलुश निस्किरहेको छ | चितवन प्रहरी कार्यालय अगाडी ठुलो संख्यामा भिड उपस्थित रहेको छ | केहि प्रखर युवाहरुले भाषण गरिरहेका छन् | बहस चौतर्फी भैरहेको छ |निर्दोष व्यक्तिलाई फसाउन लागेको भन्दै प्रहरी प्रशासनको निकै आलोचना भएको छ | भर्खरै प्राप्त खबर अनुसार सिआइबिको टोलि चितवनतर्फ लागेको छ | आशा गरौँ निष्पक्ष छानबिन हुनेछ |


Your Views
Related News