दैनिक_राशिफल, वि.सं . २०७६ भदौ ३ गते मंगलवार

???????????????️??????????????
वि.सं २०७६ भदौ ३ गते मंगलवार तदनुसार ई.सं २०१९ अगस्त २० तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, वर्षा ऋतु, भाद्र कृष्णपक्ष पंचमी तिथि, रेवती नक्षत्र,शूलयोग, कौलव/तैतिलकरण , चन्द्रमा मीन राशिमा रात्रि ८:१४ सम्म सूर्योदय ५:३६ सूर्यास्त ६:३७

#शुभलाभादि_समय ?
बिहान ५:३६ बजेदेखि ७:१३ बजेसम्म #रोगबेला
बिहान ७:१४ बजेदेखि ८:५१ बजेसम्म #उद्वेगबेला
बिहान ८:५१ बजेदेखि १०:२९ बजेसम्म #चरबेला
बिहान १०:३० बजेदेखि १२:०८ बजेसम्म #लाभबेला
दिनमा १२:०९ बजेदेखि १:४५ बजेसम्म #अमृतबेला
दिनमा १: ४६ बजेदेखि ३:२३ बजेसम्म #कालबेला
दिनमा ३:२४ बजेदेखि ५:०१ बजेसम्म #शुभबेला
सांझ ५:०० देखि ६:३७ बजेसम्म #रोगबेला
#केही_समयहरु ?

#राहुकाल- दिनमा ३:२१ देखि ४:५८ बजेसम्म। ❎❎
#अभिजितमुहुर्त- बिहान‌ ११:३५ देखि १२:२३ बजेसम्म ✅
#यमगंडकाल- दिनमा ३:२१ देखि ४:५८ बजेसम्म ❎❎
#गुलिककाल- दिनमा १०:२९ बजेदेखि १२:०६ बजेसम्म

#नोट- पंचाङ्गको केन्द्रीय समयभन्दा विभिन्न स्थानको स्थानीय समयमा केही अन्तर हुनाले शुभलाभादि समयमा स्थानीय समय घटाएर अथवा बीचको समयलाई महत्व दिनुहोला।
मनुष्यको जीवनलाई विशोंत्तरीय इत्यादि ग्रहदशाले फरक पार्छन् तैपनि दैनिक जीवनमा चन्द्रराशि गतिले केही फरक पार्ने हुनाले चन्द्रमाको दैनिक गति अनुसार दैनिक राशिफल लेखिने गरिन्छ।

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा,झगडालु प्रवृत्तिका व्यक्तिहरू फेला पर्नेछन् टाढा रहनुहोला साहसिक कार्यतिर रुचि बढ्नेछ, आम्दानी भन्दा बढी खर्चको योग बनेको छ, नयाँ कामको शुरुवात गर्न खोज्नुभएको छ भने राति ८:३० पछि शुरु गर्नुहोला। आज जप्ने मंत्र ॐ भौमाय नमः। मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1 2
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा नयाँ प्रकारको भोजनको प्राप्ति योग बनेको छ, एक्कासी लाभको संकेत देखिन्छ, बोलिवचनमा ख्याल पुर्याउनुहोला।आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर ,
रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 7,

………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा सामाजिक रुपमा मान सम्मान बढ्नेछ ,जागिरमा लाभ मिल्नेछ साथै आफन्तसंग भेटघाटको योग बनेको छ।आजको दिनमा ॐ ऋषिकेशाय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा -तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 6

….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा उत्तम सम्पत्तिको प्राप्ति योग बनेको छ, गरेको कामबाट सफलता मिल्नेछ साथै बौद्धिक स्तरमा फाईदा मिल्नेछ।आजको दिनमा ॐ सोमेश्वराय नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 4,

………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा बोलि वचनमा विशेष ख्याल गर्नुहोला,सरकारी निकायबाट फाईदा मिल्नेछ, टाढाको यात्रा अथवा नयाँ कामको शुरुवात नगर्नुहोला। आज जप्ने मंत्र ॐ भास्कराय नमः। सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 5

………………………
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा समाजमा उन्नतिको संकेत देखिन्छ, पारिवारिक सहयोगको कारणले रोकिएको काम पुरा हुनेछ, साथीहरुबाट फाईदा देखिन्छ। आजको दिनमा ॐ महालक्ष्म्यै नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 3,
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा आरोग्यता, प्रसन्नता तथा गरेको कार्यबाट फाईदा देखिन्छ , विद्यार्थीलाई शिक्षामा तथा दम्पत्तिलाई संतानसुख देखिन्छ, आर्थिक स्थिति यथावत् रहनेछ।आजको दिनमा ॐ भृगुसूताय नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 2,8

………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा समाजमा मान-प्रतिष्ठा बढ्ने योग बनेको छ गरेको काममा जस पाईन्छ, पारिवारिक भेटघाटको योग देखिन्छ।आजको दिनमा ॐ एकदंताय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 1,8
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा विचार-विमर्श गरेर कामलाई अगाडि बढाउनुहोला, घरमा नयाँ चहल-पहल हुनेछ,धन लाभको योग बनेको छ। आजको दिनमा ॐ महादेवाय नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 9:12

……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा उचित परामर्श लिएर नयाँ कामको शुरुवात गर्दा सफलता मिल्नेछ , वैदेशिक क्षेत्रमा सोच विचार आवश्यक, भोलिबाट केही फाईदा हुनेछ।आजको दिनमा ॐ सरस्वत्यै नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1,2

……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा मानसिक शांति मिल्नेछ,गरेको कामबाट सफलता मिल्नेछ, धार्मिक तथा शैक्षिक संस्थाबाट फाईदा हुनेछ।आजको दिनमा ॐ शं शनैश्चराय नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक2,1

…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा आर्थिक लाभ मिल्नेछ, यथायोग्य सत्कार तथा नयाँ भोजन प्राप्त हुनेछ, रोकिएको काम पुरा हुने तर्फ जानेछ।आजको दिनमा ॐ गुरवे नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 9,12

…………………
लेखक-देव ज्योतिष भविष्यवाणी परामर्श केन्द्र
अर्चलबोट चोक पोखरा २
ज्योतिषाचार्य मधु रेग्मी (कृष्ण ) 9825430772, 9846772288 वरिष्ठ महिला ज्यो सीता रेग्मी – सम्पर्क सूत्र – +9779856018815, 9846218815
ज्योतिष सम्बन्धित YouTube video हेर्नुहोला?
https://www.youtube.com/channel/UCsNSIsguBaf9M51EUgkUZzg


Your Views
Related News