काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएको छ ।
भारतमा प्रत्यारोपण गरेको मृर्गाैलाले राम्ररी का मगर्न छाडेपछि उनको स्वास्थ्यमा समस्या देखिँदै आएको छ ।

उनी उपचारका लागि आगामी शनिबार पुनः सिंगापुर जाँदैछन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए ।


Your Views
Related News