नुवाकोट साङ्गितिक सौगातको आय ब्यय सार्बजनिक

नुवाकोट समाज द.कोरियाले गत सलनालमा आयोजना गरेको नुवाकोट साङ्गितिक सौगातको आय ब्यय सार्बजनिक एक करोड वन भन्दा बढी मुनाफा

नुवाकोट समाज दक्षिण कोरियाले गत फेब्रुअरी ५ तारिक कोरियाको सलनाल पर्बको अबसरमा आयोजित नुवाकोट साङ्गितिक सौगात २०१९ को सम्पुर्ण आय ब्यय विवरण सार्बजनिक गरेको छ | गत हप्ता सौल स्थित एच डि मोबाइलको हलमा बोलाएको बैठकमा कार्य समितीका साथीहरु , यस सस्थाका संरक्षक ,सल्लाहकार ज्युहरु र पत्रकार ज्यु हरुको पनि उपस्थित थियो |उक्त बैठक पश्चात् आय ब्यय हिसाब सार्बजनिक गरिएको हो |

(सलनाल) फेब्रुअरी ५ तारिकमा सम्पन्न नुवाकोट साङ्गितिक सौगात २०१९”को आयोजक कमिटीका आर्थिक संयोजक तथा नुवाकोट समाज द. कोरियाका उपाध्यक्ष राज दोङ तामाङ द्वारा आय ब्यय विवरण प्रस्तुत गरिएको थियो ।तामाङलेले आर्थिक सार्वजनिक समापनको क्रममा उक्त कार्यक्रमलाई सफल बनाउन तन मन धनले सहयोग गर्ने प्रदेश न .३ एकता समाज र कोरियामा रहेका सम्पुर्ण सहयोगी संघ सस्थाहरु प्रायोजक ,सौजन्यकर्ता , मिडिया पार्टनर,सहयोगी दाता , कलाकारहरु कोरिया बासी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुलाई धन्यवाद ज्ञापन पनि गरेका थिए | उक्त कार्यक्रमको यथार्थ आय ब्यय विवरण निम्ननुसार भएको थियो |

(क)आम्दानी तर्फ ;

ब्यक्तिगत सहयोगहरु :-
१,स्पोन्सर तथा ब्यक्तिगत बापत प्राप्त सहयोग =२,१५,२९,८१७/-
२,सस्थागत सहयोग =३६,७१,०००/-
३,टिकेट बिक्रि बापत प्राप्त रकम ( ७३५प्रति×३०,०००/-)=२,२०,५०,०००/+(१८प्रति ×२०,०००)+३,६०,०००/=२,२४,१०,०००/-
४, पवन गिरि र उरुशा जोशिको लागी स्पोन्सर टिकेट प्राप्त रकम १९,५०,०००/-
जम्मा आम्दानी = ४,९५,६०,८१७/-

(ख ) खर्च तर्फ ;

(१) हल तथा Sound system ब्यबस्थापन =७१,८१,६८०/-
(२) कलाकार ब्यबस्थापन खर्च = २,२८,९३,८०४/-
(३) कलाकार hospitality खर्च =३१,०८,०००/-
(४) यातायात खर्च =९,६०,६००/-
(५) कार्यक्रम ब्यबस्थापन खर्च =२२,८४,६२०/-
(६) मसलन्द ,Stationery खर्च =१६,६०,४४६/-
(७) प्रदेस ३ एकता समाज तथा NCC शुल्क =६,०००००/-
(८) कलाकार भिजा प्रोसेस =११,०४,६५७/-

जम्मा कुल खर्च = ३,९१,७१,३०७/-

सहयोग घोषणा पछि पनि आउन बाकी रकम =४,१२,०००/-

गत फेब्रुअरी ५ तारिकमा आयोजना गरिएको कार्यक्रमको उदेश्य नुवाकोटको विकट स्थानका बालबालिका तथा बृद्ध नागरिकहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उदेश्यले राजधानी सौलमा उक्त कार्यक्रम गरिएको थियो | यसै उदेश्य नारा अनुसार समाज ब्यबस्थापन तथा अक्षकोष कार्यबिधि निर्माण गरि हामी सक्दो छिटो उक्त क्षेत्रमा खर्च गर्ने सस्थाका अध्यक्ष सन्तोष कुमार राइले बताउनु भएको छ |


Your Views
Related News