काठमाडौं, ४ भदौ । महानगरीय प्रहरी परिसर टेकुले पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको उ*जुरी लिन अस्विकार गरेको छ ।

पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध जा*हेरी दिन टेकु पुगेकी पौडेलको उ*जुरी दर्ता गर्न नमानेपछि आजै बबरमहलस्थित सरकारी वकील कार्यलय बाट जा*हेरी दिने बताइएको छ ।

लामिछानेकी श्रीमति निकिता पौडेलले दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेर दिएको उ*जुरी काठमाडौं प्रहरीले अस्वीकार गरेपछि सरकारी वकील कार्यलयबाट जा*हेरी दिने तयारी भईरहेको हो ।

पौडेलले अनुसन्धानमा रहेको पत्रकार सालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जा*हेरी दिने तयारी गरेकी थिइन् ।

तर प्रहरीले उ*जुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै प्रहरीले उ*जुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

केहि समय अगाडी रबि लामिछानेद्वारा संचालित चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मा कार्यरत शालिकराम पुडासैनीले गत साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झु*ण्डिएर आ*त्मह*त्या गरेका थिए।

यहि प्रकरणको विषयमा पुर्व एसएसपी तथा अधिबक्ता किवाङहाङ राईसंग गरिएको कुराकानी हेर्नुहोस ।https://youtu.be/mGD7NzchpIM


Your Views
Related News