“रविलाई बचाउनु भनेको देश बचाउनु हो”- Jwala Sangroula (चर्चित लेखिका)
हिजो अन्यायमा परेका जनतालाई रविको आवश्यकता थियोे !
आज अन्यायमा परेका रविलाई जनताको आवश्यकता छ।
रविलाई बचाउनु भनेको देश बचाउनु हो ।असल निस्वार्थ देश प्रेमी नेपाल आमाको सच्चा छोरा रविलाई कसरी हुन्छ फसाउने जालझेल गर्दै छन् बन्दुकले सत्ता क़ब्ज़ा गर्ने हत्याराहरु जसले किस्ता किस्तामा देश लुटेर गरिब जनतालाई गुलाम बनाएका छन् !अन्याय अत्याचार गर्न नपाएर र भ्रष्टाचार बिरुद्ध आवाज उठायो भनेर आज निर्दोष रबिमाथी जुन षड्यन्त्र रचिँदै छ, त्यसले सिंगो लोकतन्त्रकै इज्जत लिलामी गरेको छ! सरकारका बरिष्ठ दलालहरुदेखि लिएर चोरीचकारी गर्ने ,गुन्डागर्दी गर्ने , पित पत्रकारिता गर्ने,
दुई नम्बरी काम गर्ने , मानब तस्कर गर्ने, कन्सल्टेन्सीका हुक्केहरु , जग्गा ब्यापारी, ठग ठेकेदार देखि लिएर नेकपाका छाडा कार्यकर्ताहरु सब रबिलाई कसरी हुन्छ जेल हाल्न लागिपरेका छन् ! तर खबरदार देशका दलालहरु , पार्टीको झण्डा पुच्छरमा टाँगेर भुक् भुक् गर्ने कातिके कुकुरहरु, बेमौसमी काला अरिंगालहरु, अनि बिदेशी लस्कर र बोकोहरामका एजेन्टहरु, निर्दोष मान्छेलाई फसाएर सजाय दिने र हत्यारा दोषीलाई संरक्षण गर्ने तिमिहरुको यो नपुंसक योजना धेरैदिन टिक्दैन ! किनकी सत्यमा त्यस्तो शक्ति हुन्छ जस्लाई तिमीहरुले कहिलेपनि परास्त गर्न सक्दैनौ! हामीलाई तिमीहरुजस्ता देश लुटेर खाने गुण्डा , ट्यापे र भाडाका टट्टुहरु चाहिदैन,हामीलाई त हेपिएका पेलिएका, ठगिएका, बेचिएका, कुटिएका र लुटिएका गरिबहरुको एउटैमात्र आसा र भरोसाको केन्द्र रबि चाहिन्छ! तिमी कमिनाहरुले रबिलाई आज एउटा टेलिभिजनको पर्दाबाट बोल्दा यतिसारो हेप्यौ , कहिले शरणार्थी भन्यौ, कहिले उनको नीजि जीवनको धज्जी उडायौ, जिउँदो मान्छे लगाएर उनलाई गिराउन नसकेपछि मृत शरिरमाथी राजनीति गरेर भएपनि रबिलाई पतन बनाउने इन्द्रजाल बुन्यौ! तिमीहरु धर्तीका बोझ हौ, मान्छेको टाउकोमा जनावरको गिदी भिडाईएका ब्वाँसाहरु है! तिमीहरुले रबिलाई छोएर बहुत ठूलो गल्ती गर्यौ।अब आफ्नो पतनको चलचित्र आफ्नै आँखाले हेर्न दिन गन्ती गरेर बसे हुन्छ! तिमीहरु सडिसक्यौ, कुहिएर झरिसक्यौ!! रबि कस्को? जनताको ????
#जय_रबिदाई #I_am_with_Rabi


Your Views
Related News