शालिकराम पुडासैनी प्रकरणमा गत साउन ३० गते टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की (रुकु) काठमाडौंबाट पक्राउ परे। सुरूमा ५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धानका लागि समय नपुगेको बताएपछि थप ५ दिन हिरासतमा नै राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ। रवि लामिछाने निर्दोष भएको र असली दोषी लुकाउन प्रहरीले उनलाई म्याद थप गर्दै हिरासतमा नै राखेको भन्दै विरोध भइरहेको छ। हिरासतमा राखेर अनुसन्धान गर्न थपिएको म्याद आइतबार (आज) समाप्त हुँदैछ।

करणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ । आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगे भोलिदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि भोलि बहस नसकिए भदौ ९ गते अर्थात पर्सी पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णयको टुंगो लाग्ने छ । प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ । सो मुद्दाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टको नेतृत्वमा भइरहेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहयोग गरिरहेको छ ।

गत वर्ष भदौ १ बाट कार्यान्वयनमा आएको ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४’ मा आ त्मह त्या दुरुत्साहनको विषय उल्लेख गरिएकाले यसको अभियोग पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय वा ५० हजारसम्मको जरिवाना हुनसक्ने उल्लेख छ। शालिकरामले आ त्मह त्या गर्नुअघि खिचेको भनिएको भिडियोमा लामिछानेलगायत ३ जनाको नाम उल्लेख भएको भन्दै प्रहरीले अनुसन्धान भइरहेको बताउँदै आएको छ।https://youtu.be/xohT68ABpp0


Your Views
Related News