काठमाडौँ, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागी टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित तिन जना हिरासतमा छन । रबिलाई पक्राउ गर्नु गलत रहेको भन्दै उनका समर्थकहरु चितवन देखि काठमाडौँमा समेत प्रदर्शन गर्दै आएका छन ।

देशमा ब्याप्त ब्यतिथि, अनियमितता, घुसखोरी आदि विषयमा कार्यक्रम संचालन गर्दै सर्बसाधारणको मन जित्न सफल रबि लामिछानेको पक्षमा अहिले पनि हजारौ समर्थकहरु सडकमा छन । रबि लामिछानेलाई फसाइएको उनीहरुको बुझाई छ ।

रबि लगायत अन्य दुईलाई अनुसन्धानका लागि दुइपटक गरेर १० दिन म्याद थप गर्दै हिरासतमा राखिएको छ । थप गरिएको म्याद हिजै सकिएको छ । न्यायिक हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ ।

उनीहरु आज रिहा हुने सम्भावना प्रवल रहेको धेरैको अनुमान रहेको छ । आजै चर्चित कलाकार दिपक राज गिरि, दिपाश्री निरौला, केदार घिमिरे लगायत चितवन पुगेर रबिलाई भेटेका छन । रबिलाई भेटेर निस्किए पछी पत्रकारहरुसंग कुराकानी गर्दै कलाकारहरु ।https://youtu.be/wds-XeuapfQ


Your Views
Related News