जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा बुझाएको हो ।प्रहरीले अनुसन्धान सहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।प्रहरीले आत्महत्या र आत्महत्याका लागि दु*रुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मि*सिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

आज पत्रकार सम्मेलन गर्दै सीआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आ*त्मह*त्या दु*रुत्साहन अभियोग अन्तरगत रहेर नै अ*नुसन्धान पूरा गरेको जानकारी दिए । सोही अनुरुप अदालतमा पेश गर्न लागिएको उनको भनाइ थियो ।उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइसकिएको र आजै अ*भियोग पत्र दायर गर्न लागिएको जानकारी दिएका हुन् । आजैदेखि थु*नछेक बहस सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहस गर्ने तयारी छ ।प्र*तिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्ने तयारी छ ।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झु*ण्डिएको अवस्थामा श*व फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आ*त्म ह*त्या गरेको उल्लेख छ ।त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आ*त्मह*त्या गरेको भन्दै का*रबाहीका लागि कि*टानी जा*हेरी दिएकी थिइन् ।


Your Views
Related News