चितवन, ९ भदौ । पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा अनुसन्धानको लागी पक्राउ परेका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कंडेल र अश्मिता कार्की तीनै बयान सकिएको छ । पुडासैनीलाई आ*त्मह*त्या गर्न दुरुत्साहन गरेको अभियोगमा रबि लगायत अहिले न्यायिक हिरासत मै छन ।

चितवन जिल्ला अदालतमा तिन जना कै बयान सकिएपाची अब दुबै पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको छ । बहस सकिए पछी मात्र निर्णय हुने छ । अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्छ ।

सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलको न्यायको पक्षमा साथ दिन हाँस्यकलाकार द्वय हरिबंश आचार्य तथा मदनकृष्ण चितवन पुगेका छन् । पत्रकारसँग बाेल्ने क्रममा हरिबंशले भने – ‘सिंहदरवार भित्र कसैले काेटको खल्तीमा ठूलो मान्छेको नाम लिएर आत्मह*त्या गरे त्यो ठूलो मान्छेलाई समाउने कि नसमाउने ? त्यसैले यो ऐन संशोधन हुनुपर्छ ।’


Your Views
Related News