काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या दुरु’त्साहन मु’द्धा खेपिरहेका संचारकर्मी रवि लामिछानेलाई एयरपोर्टमा बाजागाजासहित स्वागत गरिएको छ ।

सोमबार चितवन अदा’लतको आ’देशमा प्रहरी हि’रासतबाट ५ लाख धरौ’टी तिरेर बाहिर निस्केका उनलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सर्मथकहरुले बाजागाजासहित स्वागत गरेका हुन ।

एयरपोर्टमा उनले आफ्ना समर्थकलाई सिधा कुरा जनतासंग टिभी कार्यक्रममार्फत अझै जनता दुख, पीडा उजागर गर्ने बताए ।
सोमबार अ’दालतको आ’देशमा उनिसंँगै घटनामा मु’छिएका उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि रि’हा भएका थिए । रविले आफ्ना समर्थकहरुलाई मंगलबार चितवनको नारायणी नदि किनारमा संवोधन गरेका थिए । जहाँ उनका सयौं समर्थकहरु उपस्थित थिए ।

रविप्रती जनताको सर्मथनले उब्जाएका प्रश्नहरु
एउटा संचारकर्मीप्रती जनताको भरोसा यसरि बढ्नुलाई विभिन्न कोणबाट विश्लेषण गरिदैछ । त्यसमध्ये सबैभन्दा बलियो तर्फका रुपमा विद्यमान राजनितीक चरित्र, भ्र’ष्टाचार, वेथिती र नेताहरु जनताप्रती अनुत्तरदायि हुनु ।

यद्यपी रविलाई प्रहरीले ग’म्भिर आ’रोपमा प’क्राउगरी मु’द्धा चलाउदा जसरि देशको नियम कानुन, विधि प्रकृयाको वेवास्थागरी सडक प्र’र्दशन गरियो यसले पक्कै पनि राम्रो सन्देश नदिएको आवाजहरु उठेका छन् ।

समाजमा अराजकता हावी भएको भन्दै कतिपयले चि’न्ता प्रकट गरिरहेका छन् । रवि लगायत तीनैजनामाथी लागेको मु’द्धा अहिले नै छि’नोफानो भइसकेको छैन । उनिहरु असोज ५ गते जिल्ला अदा’लत चितवनमा पहिलो तारे’खका लागि उपस्थित हुनेछन् ।


Your Views
Related News