काठमाडौँ, १० भदौ । रबि लामिछाने र युवराज कंडेल काठमाडौँ आइपुगेका छन । पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको हो ।

अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त निर्णय गरेको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने र कँडेलसँग नगद, जेथा जमानत वा बिना सर्तको बैंक ग्यारेन्टी माग गरिएको छ । कार्कीलाई भने साधारण तारेखमा रिहा गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरु नगद धरौटी जम्मा गरी रिहा भएका छन् ।

उहाँका अनुसार लामिछाने र कँडेललाई मुलुकी फौ*जदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ बमोजिम धरौटी माग गरिएको र कार्कीलाई दफा ६९ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिइएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा आदेश गरिएको उल्लेख छ । पछि साक्षी र बकपत्रका आधारमा कानूनबमोजिम फैसला हुने गिरीले जानकारी दिनुभयो ।

धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आफ्नो समर्थकहरुलाई चितवनमा धन्यबाद सभा कार्यक्रम गरेका छन् । सोमबार सञ्चारकर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भव्य कार्यक्रमकाबीच आफ्नो समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरेका हुन् ।

सञ्चारकर्मी लामिछाने र कँडेलले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि लडेको भन्दै सलाम गरेका छन् ।https://youtu.be/7Z6Kn-QKSng


Your Views
Related News