काठमाडाैँ, १२ भदौ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले आजबाट जापानमा सिधा उडान सुरु गरेको छ । काठमाडौँबाट जापानको ओसाकामा सिधा व्यावसायिक उडान गरेको हो । पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधिसहित आजबाट पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक सुरुवात गरेको हो ।

राष्ट्रिय ध्वजावाहक विमानले जापानसंग सिधा उडान सुरु गर्नु नेपाल वायु सेवा निगमको लागि ठुलो उपलब्धिको रुपमा हेरिएको छ । बुधबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमान उडान समारोहको उद्घाटन गर्नु भएको थियो ।

आजको उडानमा १ सय ३० जना यात्रु बोकेर निगमको वाइड बडी ए ३०३० जहाज उडेको हो ।


Your Views
Related News