पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा दुरु*त्साहन कसुरमा मुद्दा चलाइएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई चितवनका मुख्य न्यायाधीश हेमन्त रावलले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए । अभियुक्त बनाइएका बाँकी दुईमध्ये पत्रकार युवराज कँडेलसँग तीन लाख रुपैयाँ धरौ*टी मागिएको छ भने शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छिन् । यीमध्ये पनि अस्मिता साधारण तारेखमा छु*ट्नुले उनले अभियोगबाट ठूलो राहत पाउने छिन् । यद्यपि चितवन जिल्ला सरकारी वकिल कार्यालयले न्यायाधीश रावलको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्ने छ ।

प्रमाण भेटिएपनि थु*नामै राख्नु नपर्ने लागेमा धरौ*टी माग्ने चलन छ। प्रमाण नभेटिएमा साधारण तारेखमा छाड्ने चलन छ । धरौ*टी माग्नुले रवि र युवराजविरुद्ध लागेको अभियोगमा प्रमाण छ भन्ने अर्थ पनि हो । यसले गर्दा मु*द्दाको अन्तिम किनारा वा फैसला नहुँदासम्म रविसहित तीनै जनाले सफाई पाएको भन्ने अर्थ भने लाग्ने छैन । रविको रि*हाइ भएपछि सामाजिक संजालमा बिभिन्न कलाकारहरुले खुसि मनाएर फेसबुक वालमा रविलाई शुभकामना दिएका छन् । यसै क्रममा कलाकार मदनकृष्णले पनि रविको रि*हाइ पछि खुसि मनाउदै आफ्नो फेसबुक वालमा चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको तस्विर राखेर खुसि प्रकट गरेका छन् ।

उनले भनेका छन्, “रबि लामिछानेलाई न्याय दिनुहुने न्यायमूर्ती श्रीमान हेमन्त रावलज्यू प्रति मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु ।” “न्यायका लागि चितवनको सडकमै उत्रिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुप्रति शिर झुकाएर प्रणाम गर्दछु तथा रबि लामिछाने भाईलाई हार्दिक बधाई दिन चाहन्छु ।” उनले अघि थपेका छन्, ” नेपालको कानुनको जुन धारा-उपधाराले रबिलाई झन्डै फ*साउन लागिएको थियो त्यो धारा-उपधारा सबै भन्दा बढी रिस्की अदालतका न्यायमुर्तीहरुलाई पो देख्छु म त ।”

यदि कुनै मु*द्दा हार्ने ब्यक्तीले मलाई फलानो न्यायधिशले अन्यायपूर्बक हराई दिएको कारण मैले आत्मह*त्या गरेक‍ो हुँ । त्यसैले फलाना फलाना न्यायधिश र फलाना फलाना अधिबक्ताहरुलाई कडा भन्दा कडा सजायँ दिएमा मेरो आत्माले शान्ति पाउने छ लेखेर गएको फेला पर्यो भने के गर्ने होला? उनले प्रश्न गरेका छन् । उनले अघि भनेका छन्, कानुनको त्यो धारालाई जति सकिन्छ छिटो सच्याउनु बेशै होला । काम गर्दा गल्तीहरु भेटिन्छन त्यसलाई सच्याउँदै अगाडी बढ्दै जानु लोकतन्त्रको सुन्दर पक्ष हो । उहाँको स्ट्याटस तल हेर्न सक्नुहुन्छ ।


Your Views
Related News